• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना पुरा हुँदै

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ बैशाख २०७६, शनिबार १३:२३ ,  प्रकाशीत
  • पर्वत- कालीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत संभाव्यता अध्ययनका लागि अन्तराष्ट्रिय विज्ञहरुलाई आव्हान गरिएको छ । पर्वतको फलेवास नगरपालिकाको अगुवाईमा विद्युत विकास विभागले विज्ञहरुलाई संभाव्यता र वातावरणिय प्रभावक मुल्यांकनको अध्ययनका लागि आव्हान गरेको हो ।

    गण्डकी प्रदेशको समृद्धिको आधारको रुपमा रहेको ८४४ मेगावट क्षमताको आयोजना निर्माण गर्न चासो दिईएको छ /२०७५ बैशाख २६ गते फलेवास नगरपालिकाको अगुवाईमा कुश्मा नगरपालिका, विहादी गाउँपालिका, वागलुङको जैमिनी नगरपालिका, स्याङजा र गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधीहरुको बैठक बसेर सरकारलाई उक्त आयोजनाको संभाव्यता अध्ययन गर्न दवाव दिएका थिए ।

    जनप्रतिनिधीहरुको आग्रह अनुसार गतवर्षको बजेटमा सरकारले उक्त आयोजनाको संभाव्यता अध्ययनका लागि बजेट बिनियोजन गरेको थियो । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले आफुहरुले लिएको सपना पुरा हुन लागेको भन्दै उक्त आयोजना ड्रिम प्रोजेक्ट रहेकाले यो आयोजना पुरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    शुक्रवार कार्यपालिकाको बैठक बसी विद्युत विकास विभागले दिएको चासोलाई स्वागत गरेको छ । विज्ञहरुले संभाव्यता अध्ययन पछि प्रतिबेदन बुझाएपछि डिपिआर तयार पारिने भएको छ ।

    सर्वेक्षणका लागि विद्युत् विकास विभागको एउटा टोलीले गत वर्ष मंसिरमा भौगोलिक अवस्था, विद्युतगृह, बाँध निर्माण गर्न सकिने स्थलहरूको स्थलगत निरीक्षण र अवलोकन गरेको थियो । टोलीले अध्ययनको प्रतिबेदन विद्युत विकास विभागमा बुझाएको छ । टोलीको राय अनुसार अन्तराष्ट्रिय विज्ञ खटाएर अन्तिम चरणको अध्ययन गर्न थालिएको जनाईएको छ ।

    परियोजनाको ड्याम फलेवास ११ पाङराङको श्रीकाङ अथवा बिहादी–२ बर्राचौरको घुमाउने नजिकै रहनसक्ने जानकारी गतवर्षको अध्ययनको क्रममा टोलीले दिएको थियो । कालीगण्डकीमा पर्वतको बिहादी गाउँपालिका– १ बाच्छा र बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको खोंचमा बहाव थुनेर १ सय ४५ मिटर अग्लो बाँध बनाउन सकिने अध्ययन टोलीको भनाइ थियो ।

    विद्युत् प्राधिकरणले २४ वर्षअघि गरेको एक अध्ययनअनुसार कालीगण्डकीको पर्वत खण्डमा जलाशययुक्त परियोजना बनाउन सके हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । कालीगण्डकी तटीय क्षेत्रमा रहेको मलिलो भूभागको हजारांै हेक्टर फाँटमा सिँचाई गर्न पनि सहज हुन्छ ।

    जलाशयमा कालीगण्डकीको झन्डै ६० किलोमिटर क्षेत्रमा जलयातायात सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.