पोखरा – पोखरामा एक होटल व्यवसायीलाई होटलमै बसेका ग्राहकहरूले अपहरण गरी हत्याको प्रयास गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय पृथ्बीचोकस्थित होटल निलकमलमा बसेका तीन जना भारतीय नागरिकहरूले होटल सञ्चालक शालिकराम पौडेललाई अपहरण गरी हत्याको प्रयास गरेको हुन्।
प्रहरीले भारतको विहार राज्यको बक्सर जिल्ला मोफिसिल बनारपुर घर बताउने सुनिलकुमार तिवारी, अरविन्द तिवारी र अभिजित रायलाई अपहरणको आरोपमा पक्राउ गरेका हो।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले होटल सञ्चालक पौडेलको अपहरणको कारण खुल्न बाँकी रहेको बताए। ‘बिल कै कारण यसरी अपहरण नहुनु पर्ने हो। अन्य कारण पनि हुनसक्छन्’ उनले भने। ‘दोषी ठहरीए शरिर बन्धक तथा अपहरण सम्बन्धी मुद्धा चलाइने छ।’
अपहरण र हत्याको आरोपमा पक्राउ परका भारतीयहरु मंगलबार बेलुकादेखि होटल निलकमलमा भारतीय नम्बर प्लेटको प्राइभेट कारसहित बसेका थिए। त्यस बेलुका होटलको कोठा बुक गरेपछि उनीहरुले मदिरा सेवन गरेका थिए।
विहान उनीहरुले आफुहरुसंग नगद सकिएको भन्दै केहिबेरमा एटीएमबाट निकालेर दिने भन्दै होटल ब्यवसायीसँग थप ६ हजार ५ सय रुपैयाँ नगद लिएका थिए। पौडेलसंग नगद लिएपछि उनीहरु पैसा निकालेर आउने भन्दै कार चढेर निस्कन थालेपछि पौडेलले इन्कार गर्दै तीन मध्ये एक जनामात्र एटिएममा गएर पैसा ल्याउन आग्रह गरेका थिए।
पौडेलले अड्डी लिएपछि उनीहरुले एटीएमसम्मसँगै जाउँ भनेका थिए। त्यसपछि पहिलेदेखि नै शंका गरिरहेका व्यवसायी पौडेलले होटलको स्टाफ ईश्वर पौडेललाई पनि साथमै लिएर गएका थिए। सभागृह चोक नेर पुगेपछि व्यवसायी पौडेलले एसबिआई वैंक यही छ भन्दै त्यहिंबाट पैसा निकाल्न आग्रह गरे। तर उनीहरुले तलबाट निकाल्ने भन्दै सृजनाचोक हुँदै ड्यामसाइडमा पु¥याएर चिया पिउने भन्दै कार रोके।
व्यवसायी शालिकराम र स्टाफ इश्वरले चिया पिउदै गरेको मौका छोपेर उनीहरु त्यहाँबाट भाग्ने प्रयास गरेका थिए। तर पौडले उनीहरुलाई पछाए। कारमै बसिहाले। तर स्टाफ चियापिउदै गरेकाले छाडेर कार कुलेलम ठोक्यो। त्यसपछि हिन्दीमा आफूहरूको प्लान सफल भएको बताएको होटल सञ्चालक शालिकरामले जानकारी दिए। कार भित्र रहेका पौडेलले उनीहरुले भाग्ने योजना बनाएको भन्दै तत्कालै आफ्नो नातेदारलाई फोन गरेर छोरेपाटन प्रहरीलाई जानकारी दिन आग्रह गरे।
त्यसलगत्तै उनीहरुले पौडेलको मोवाइल खोसी स्वीच अफ गरी घाँटी अठ्याएर मार्ने प्रयास गरेको पौडेलले बताए। उनीहरुले घाँटी अठ्याएर मार्ने प्रयास गरेपछि उनले कारको सीसा खोलेर हारगुहार गरेका थिए। उनी बेस्सरी झ्यालबाट टाउको निकालेर चिच्याउन थालेपछि भारतीयहरुले कारको ढोका खोलेर रोडमा घचेटि दिएका थिए।
अपहरणको सूचना पाएपछि छोरेपाटन प्रहरीलेसुरक्षा व्यवस्था कडा पारेको थियो । तर, उनीहरू प्रहरी चौकीको बाटो नगई तिब्बतीयन क्याम्पहुदै स्याङ्जातर्फ भागेपछि कास्की प्रहरीले स्याङ्जा प्रहरीलाई खबर गरेर फेदीखोलाबाट पक्राउ गरेको थियो। उनीहरुबिरुद्ध शालिकरामले किटानी जाहेरी दिइसकेका छन्।

Related