• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा सस्तो बजार सञ्चालन

  •      /१३ फाल्गुन २०७४, आईतवार १४:१० ,  प्रकाशीत
  • पोखरा । पोखराको पृथ्बिचोकमा आइतवारदेखि सस्तो बजार सञ्चालनमा आएको छ । सुर्य दिल ग्रप इन्भेष्टमेन्ट कम्पनि प्रालिले पत्रकार सम्मेलनको आयोजना गरि बजार सञ्चालनमा आएको जानकारी दिएको छ ।
    ‘सुरक्षाको पूर्ण ग्यारेन्टीका लागि आबश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ सञ्चालक खतिवडाले भने, ‘बजार पूर्ण रुपमा सञ्चालनका लागि योग्य भइसकेको संरचना पूरा गरिसकेका छौं।’
    बजारमा ४ सयवटा स्टलहरु सञ्चालनमा आइसकेको खतिवडाले बताए। उनले भने, ‘बजारको सबै स्टलहरुको बुकिङ अन्तिम चरणमा छ।’ सामान्य व्यवसायीदेखि बिशिष्ट र अति विशिष्ट व्यवसायीहरुको बजारमा संलग्नता रहेको खतिवडाले उल्लेख गरे।
    होलसेल तथा खुद्रा पसल, डिपार्टमेन्टल स्टोर्स, खाद्यान्न, लत्ताकपडा, रेष्टुरेन्ट, इम्पोरियम, ब्यूटिपार्लर, शैलुन, भाँडाकुँडा, क्याफे, थकाली किचन, स्पोर्ट्स सेन्टर, फलफूल, तरकारी, मोवाइल, तथा ईलेक्ट्रोनिक्स पसल साथमा नुनदेखि सुनसम्मका पसलहरु सस्तो बजारमा हुने बताइएको छ।
    बैज्ञानिक हिसावले बजारको स्टल निर्माण गरिएको कम्पनीको दावी छ। कम्पनीका अनुसार सबै स्टलहरुमा बराबर ग्राहकको पहुँच पु¥याउने उद्देश्यले बाटोको सहजता खुल्ला वातावरण बनाइएको छ। स्टल सञ्चालकहरुका अनुसार बैज्ञानिक भाँडादर र डिपोजिट कायम गरिएको खतिवडाले जनाए। सञ्चालक खतिवडाका अनुसार बजारमा निःशुल्क वाइफाइ जोन, प्रशस्त पाकिङको सुविधा, बिमा सुविधा प्रदान गरिने भएको छ।
    पोखरा लेखनाथ महानगरपालिका वडानम्र ९ पृथ्वीचोकमा तीन तले भवनमा ब्यवसायीक प्रयोजनबाट निर्माण गरिएका ४ सय स्टलहरु सञ्चालनमा आइसकेको प्रालिका सञ्चालन युवाराज खतिवडाले जानकारी दिए। भौतिक निर्माणको काम भइरहेकाले अन्य ब्यवसायीक सटरहरुपनि धमाधम बुकिङ भइरहेको उनले बताए।
    खतिवडाका अनुसार सस्तो बजारको तीन तले भवनको भूई तलाको २५ प्रतिशत बुकिङ हुन बाँकी रहेको छ भने पहिलो तलामा २५ प्रतिशत बुकिङ भइसकेकोछ।
    कम्पनीले नागरिक उड्ययन प्राधिकरण पोखराको जग्गा पाँच बर्षको टेण्डरमार्फत भाडामा लिएर सस्तो बजार सञ्चालनमा ल्याएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.