पोखरा ।पोखरामा बिगत दुई दशकदेखि सञ्चालन हुदै आएको टप्स बोर्डिङ स्कुललाई जथाभाबी फोहर फालेको आरोपमा जरिवाना तिराइएको छ। शनिबार बेलुका स्कुलले ट्रिपरमा फोहोर लगेर कालीखोलामा फालेको आरोपमा स्कुललाई ५० हजार जरिवाना गराइएको छ ।
पोखरा १० रामघाटमा रहेको टप्स स्कुलले ट्रिपरमा हालेर फोहोर फालेको स्थानीयले देखेपछि जनप्रतिनिधि र नागरिक समाजको पहलमा स्कुललाई जरिवाना गर्ने निर्णय गरिएको हो ।
पोखरा महानगरपालिका २० स्थित कालीखोलाको भीरबाट फालेको स्कुलका सञ्चालक रत्नमान गुरुङले स्कार गरेपछि फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम स्कुललाई ५० हजार जरिवाना गराउने निर्णय भएको पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।
आइतबार जनप्रतिनिधि, स्कूलका प्रतिनिधि र स्थानीय बीच छलफल भएको थियो। छलफलमा पोखरा महानगरले १५ हजार जरिवाना लिने प्रस्ताव गरेको थियो। तर, स्थानीयको विरोधपछि महानगरले ५० हजार जरिवाना लिने निर्णय गरेको छ।
वडाध्यक्ष गुरुङका अनुसार फालेको फोहोर सबै उठाएर लैजाने र आइन्दा फोहर यसरी नफाल्ने प्रतिवद्धता सहित ५० हजार जरिवाना तिराउने निर्णय भएको छ ।

Related