जनताले अनुभूती गर्ने गरी बिकास निर्माणका कार्य अगाडी बढाइएका छौं ; मुख्यमन्त्री गुरुङ
तपाईको प्रतिक्रिया





पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार तथा स्थनीय सरकारले जनताले अनुभूती गर्ने गरी बिकास निर्माणका कार्यहरुलाई अगाडी बढाएको बताएको छन्।
प्रदेश सरकारको लगानीमा पोखरा २३ ठूलाखेतमा बन्न लागेको पुलको सिलन्यास गर्दै मुख्यमन्त्री गुरुङले संघीयता आएपछि स्थानीय सरकारहरु जनताको घर घरमा बिकास र पूर्वाधार निर्माणमा जुटेको बताएका छन्।
मुख्यमन्त्री गुरुङले पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेपछि काठमाडौंमा बनेको सरकारको शासन पद्धति नै अहिले सम्म चलिरहेको बताउदै अलिकति अधिकार हेरफेरबाहेक जनताले अनुभूती गर्ने गरी कुनै परिवर्तन हुने नसकेको दावी गरे। ‘समय र सरकार फेरिएसंगै सामान्य परिवर्तन बाहेक केही भएन’ उनले भने । ‘सरकार उही गतिमा चलेको छ । परिवर्तनको कुनै गुन्जायस छैन।’
उनले यसअघि बनेको कुनै सरकारले खहरे खोला संरक्षण गर्न पहल नगरेको बताउदै त्यसलाई पूरा गर्न प्रदेश सरकार लागि परेको बताए। ‘पोखरेली फेवाताल देखाएरै अर्थो पार्जन गरिरहेका छन्,’उनले भने, ‘तर, फेवाताल अतिक्रमण रोक्न सकेन्।’ पोखराले फेवाताल अतिक्रमण गरेर हुन्छ ?’
फेवाताल संरक्षणमा आजसम्म कतैबाट पहल नभएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखे।‘आजसम्म फेवाताल संरक्षण गर्ने कोही जन्मेको छैन,’ उनले भने, ‘फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पालना गर्न, फेवातालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माण गर्न आखिर प्रदेश सरकार नै चाहिदो रै’ छ ।’
उद्घाटन समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्नका लागि नै संघीयता ल्याएको बताउँदै गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने अठोटका साथ प्रदेश सरकारले काम गरिरहेको बताए ।
कार्यक्रमा प्रदेश सांसदद्वय राजीव पहारी, रामजी बराल, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी लगायतले बोलेका थिए। ९० दशमलब ७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने लक्ष्य लिइएको छ । प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा पुल निर्माणको जिम्मा निलगिरी कन्स्ट्रक्सनले पाएको छ । पुल ९ मिटर फराकिलो हुने छ ।
पुल निर्माण पछि पर्यटकी क्षेत्र पञ्चासे, पोखरा वडा नम्बर २३ को ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार नागरिक वर्षायाममा समेत सहजरुपमा आवतजाावता गर्न पाउने छन्।
Related