पोखरा । पोखरा विमानस्थलमा अल्ट्रालाईटको जाईरोकोप्टर दुर्घटना भएको छ । दिउँसो करिब साढे २ बजे यात्रुलाई साईट सिन गराएर फर्किए पछि ल्याण्ड गर्ने क्रममा धावन मार्गबाट चिप्लीएर बाहिर चौर किनारामा पुग्दा दुर्घटना भएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले बताए ।
जाईरोकोप्टरमा पाईटल फ्रेन्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उनीहरु सकुशल रहेको प्रमुख गुरागाईले बताए। ‘दुर्घटनामा परेको जाईरोकोप्टरमा क्षति पुगेकोछ पाइलाटर यात्रु भने सकुशल छन्’ उनले भने।
दुर्घटना पछि विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको गुरागाईले बताए।

Related