• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको कुश्मा ज्ञादी झोलुङ्गे पुल खुल्ला,अग्ला पुलमा पर्यटकको घुईचो

  •    शुभेच्छा न्यूज संवाददाता  /२४ बैशाख २०७६, मंगलवार १६:०२ ,  प्रकाशीत
  • पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ खरेहा–अधिकारी फाँट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको पुलमा सर्वसाधारणहरु हिँडडुल गर्न शुरु गरेका छन् ।

    सदरमुकाम कुश्मालाई जिल्लाको ज्ञादी क्षेत्रसँग जोड्न मोदीखोलामा निर्माण गरिएको उक्त पुल १ सय २८ मिटर अग्लो र ३ सय ५९ मिटर लामो छ ।मोदी र कालीगण्डकीमा निर्माण भएका अन्य पुल भन्दा यो पुल केही होचो छ । कुल १ करोड ९१ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

    यो पुल प्रयोग गर्न थालेपछि खरेहाबाट ज्ञादी र बितलबका बासिन्दालाई सुबिधा पुग्ने छ । उनीहरुको पैदल दुरी एक घण्टाबाट घटेर १० मिनेटमा छोटिने छ भने उत्पादित कृषि उपजहरु कुस्माबजार सम्म पु¥याउन सहज हुने भएको छ

    मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुईँचो लागेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको संख्यामा बृद्धि भएको हो ।

    पर्यटकको पर्खाइमा रहेका मुलुककै अग्लो झोलुंगेपुलको पहिचान बोकेको कुश्मा–ज्ञाँदी झोलुंगेपुल, वडागाउँ–मुडिकुवा, खरेहा–अधिकारीफाँट, र कुश्मा–कैया पुल अवलोकनका लागि आउने पर्यटकहरुको दिन प्रतिदिन संख्या बढ्दै गइरहेको छ ।

    पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेडका अनुसार दैनिक पुल अवलोकनका लागि दैनिक ५ सयदेखी ७ सयसम्म पर्यटक आउने गरेका छन् ।पुल अवलोकनका लागि आउनेहरुलाई व्यवस्थित रुपमा अवलोकन, सहज रुपमा आवतजावत गर्न पुलका दुई छेउमा बगैचा तथा विश्रामस्थल समेत निर्माण गर्न थालिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.