डेढ बर्षमै पोखरा क्षेत्रीय विमानस्थलको रनवे तयार, अब आकस्मिक अवतरण गर्न सकिने
तपाईको प्रतिक्रिया





पोखरा/ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ डेढ बर्षमै तयार भएको छ । निर्माण कार्य थालेको १ वर्ष ३ महिनामा विमानस्थलको ‘रन वे’ तयार भएको हो ।यतिबेला विमानस्थलको टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउनेलगायतका काम भइरहेको छ ।
विमानस्थलका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलमा आकस्मिक ल्यान्ड गर्न सकिने छ । ‘आवश्यक परेमा विमानले आकस्मिक अवतरण गर्न सक्छ,’ उनले भने । विमानस्थलको महत्वपूर्ण ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।
सन् २०१९ भित्र ६० प्रतिशत बढि काम सकिने पौडेलले जानकारी दिए । ‘सन् २०२० भित्र विमानस्थल निर्माणको सबै काम सकिन्छ,’ उनले भने, ‘त्यही अनुसार काम पनि भइरहेको छ ।’
रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न एकदर्जन जति भवन निर्माणको काम चलिरहेको छ। ति मध्ये ७।८ वटा भवनको निर्माण सकिएको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम समेत सकिएको उनले जानकारी दिए ।
उनका अनुसार अहिले निर्माण कार्यमा दैनिक ४ सय ५० जना कामदार खटीएका छन् । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि सन् २०२०को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गरि कार्य भैरहेको पौडेलले बताए।
विमानस्थल निर्माणको काम चिनियाँ निर्माण कम्पनी सिएएमसीले गत साउन १८ देखि थालेको थियो ।कम्पनीले निर्माण थालेको करिब डेढ बर्षको अवधिमा जमिन सम्याउने, प्राविधिक रूपमा पूर्वाधार बनाउन माटो काट्ने, रनवेको काम र एप्रोन निर्माण लगायका काम सम्पन्न भइसकेको छ।
विमानस्थलमा अहिले २ सय जना चिनिँया र २ सय ५० जना नेपाली गरि जम्मा ४ सय ५० जनाले नियमित रुपमा काम गरिरहेका छन् ।
Related