काठमाडौँ – भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओलीले यही वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गर्ने कार्यक्रम छ। भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहित ४२ जना छन्।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्री र उच्च कर्मचारीले बिदाइ गरे। प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्कनेछन्।

Related