स्याङ्जा । मानवअधिकार निगरानी समुह फेदिखोलाले स्थानिय बजारमा उपलब्ध उपभोग्य सामाग्रीको समान दर रेट (मूल्यसूची) कायम गर्न र ब्यसायलाई सम्बन्धीत निकायमा दर्ता गराउन गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
गाउंपालिकाका स्थानिय बजारहरुमा म्याद गुज्रिएका बस्तुहरु भेटिन थालेको भन्दै निगरानी समुहले गाउँपालिका उपाध्यक्ष देवि थापालाई पत्र बुझाएको हो ।
इन्सेक गण्डकी प्रदेश कार्यलयको आयोजनामा फेदिखोला गाउँपालिकाका जनप्रतिनिधीहरुलाई आर्थिक , सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी २ दिने तालिमको समापनको अबसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष देवी थापाले बजार अनुगमनका लागी समिति बनाइएको बताइन् ।
‘अनुगमन गर्ने भनेर समिति बनाएका छौं, पसलहरुको डाटा पनि छ तर सक्रिय रुपमा अनुगमन भएको छैन अब निगरानी समुहसंगै मिलेर अनुगमन गछौं’,थापाले भनिन् ।
दुइ दिने तालिमका क्रममा जनप्रतिनिधि र निगरानी समुहका सदस्यहरुले शिक्षा स्वास्थ्य र खाद्य अधिकार लगायत विविध विषयमा गाउँपालिकामा भएका समस्यार समाधानको विषयमा छलफल गरेका थिए ।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेलले स्थानीय तह अव विकास संगै जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा सचेत हुनु पर्ने बताए ।
तालिममा सहभागी माया पनेरु र नवराज रानाभाटले दुई दिने तालिमबाट सिकेका कुराहरुलाई व्यबहारिक रुपमा लागु गर्न सके सकारात्मक परिर्वतन हुने बताए।
तालिममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका निर्देशक दिपकजङ्ध्वज कार्की, आर्थिक,सामाजिक साँस्कृतिक अधिकार,अधिवक्ता एवं पत्रकार सुस्मा पौडेलले सूचनाको हक इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले मानव अधिकार बिकास पद्धती लगायतका वारे सहजिकरण गरेका थिए ।
तालिममा फेदिखोला गाउँपालिकाका जनप्रतिनिधि र निगरानी समुहका गरि करिब ४० जनाको सहभागिता रहेको थियो ।

Related