बिद्युतका कार्यालयले मुख खोल्यो,हावाहुरी, चट्याङ्गका कारण बिद्युत अनियमित
/३१ बैशाख २०७६, मंगलवार १६:०९ , प्रकाशीत
सन्तोष महतारा गुल्मी, ३१ बैशाख गुल्मीमा अहिले दैनिक बिद्युत अवरुद्ध भइरहेको छ । केहि समय अघि उद्योग बाणिज्य संघ र पत्रकार महासंघले कार्यालयको ध्यानाकर्षण समेत गराए । पटक–पटकको यो समस्याले नागरिकलाई हैरानी समेत भएको छ । तर कार्यालयले भने अर्कै तर्क प्रस्तुत गर्दै आएको छ । वुटवलको जैकुटी, चौडाहा, पाल्पाहुदै सदरमुकाम तम्घास आउने विद्युत अनियमित भएको हो ।
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र गुल्मीले बिद्युत अनियमित हुने प्रमुख कारण हावाहुरी, चट्याङ्ग अनि लाइनहरुमा रुखहरुले छुने लगायतका समस्या कारण बिद्युत नियमित हुन नसकेको बताएको छ । वितरण केन्द्र गुल्मीले धरै टाढाबाट विद्युत आउने हुदाँ बुटवल र पाल्पामा केहि समस्या भएपनि विद्युत अवरोध हुने गरेको सुचना अधिकारी इन्जीनियर मेख राज जोशीले बताए ।
विद्युत नियमित हुनको लागि लामो समय लाग्ने छ । लामो दुरीबाट विद्युत आउँदा पनि बढी समस्या पर्ने गरेको छ । बुटवल र पाल्पामा समस्या आए गुल्मीमा विद्युत अबरोध भइहाल्छ । समस्या उस्तै, उपभोक्ता बढ्दै जिल्लामा बिद्युतको समस्या नयाँ कुरा भएन् । बर्षौदेखि समस्या उस्तै छ । बरु उपभोक्ताहरुको संख्या बृद्धि हुँदै गएको छ ।
गुल्मी वितरण केन्द्रका अनुसार जिल्लामा यो चैत महिना सम्म कुल ४६ हजार सात सय ४८ उपभोक्ता रहेका छन् । बैशाख महिनामा मात्र एक हजार भन्दा बढी उपभोक्ता थपिएको गुल्मी वितरण केन्द्रका सु्चना अधिकारी इन्जिनियर जोशीले जानकारी दिए ।
एक ठाउँमा हावाहुरी लागे पनी गुल्मीमा कुल ४६ हजार सात सय ४८ उपभोक्ता मारमा पर्ने गरेका छन् । गुल्मीमा सामुदायिक र वितरण केन्द्र गुल्मीका आफ्नै गरी दुई प्रकारका ग्राहक रहेका छन् । जसमा सामुदायिक मध्ये ३० हजार र वितरण केन्द्रल तर्फका २६ हजार सात सय ४८ रहेका छन् । एक महिनामा ११ लाख युनिट खपत औसतमा गुल्मी वितरण केन्द्रबाट एक महिनामा ११ लाख युनिट बराबर विद्युत खपत हुने गरेको छ ।
सवै किसिमका सेवाग्राहीबा मासिक ५५ लाख भन्दा बढी महसुल उठ्ने गरेको सुचना अधिकारी जोशीले जानकारी दिए । अबरुद्ध भएको सुचना पुग्नै १० मिनेट गुल्मीमा लाइन गयो भनेर केन्द्रसम्म सुचना पुराउन पनि १० मिनेट लाग्ने छ ।
गुल्मीमा लाइन गए पाल्पा खबर गर्नुपर्छ । पाल्पाले वुटवलको चौडाह खबर पु¥याउँछ । चौडाहले पनि फेरि जैकुटी खबर गर्नुपर्दछ । त्यसपछि मात्रै केन्द्रमा सुचना थाहा पाउने जोशीले बताए। ‘जिल्लामा बिद्युत अवरुद्ध भएको सुुुचना केन्द्रमा पु¥याउन तीन ठाउँ सम्पर्क गर्नुपर्छ,’उनले भने,‘सुचनाका लागि १० मिनेट कुर्नु पर्छ ।’ गुल्मीको लाइन नै अत्यन्तै लामो दुरीमा वितरण भएकाले समस्या बल्झिरहने कार्यालयले जनाएको छ ।
सन्तोष महतारा
गुल्मी, ३१ बैशाख गुल्मीमा अहिले दैनिक बिद्युत अवरुद्ध भइरहेको छ । केहि समय अघि उद्योग बाणिज्य संघ र पत्रकार महासंघले कार्यालयको ध्यानाकर्षण समेत गराए । पटक–पटकको यो समस्याले नागरिकलाई हैरानी समेत भएको छ । तर कार्यालयले भने अर्कै तर्क प्रस्तुत गर्दै आएको छ । वुटवलको जैकुटी, चौडाहा, पाल्पाहुदै सदरमुकाम तम्घास आउने विद्युत अनियमित भएको हो ।

Related