गण्डकीका प्रयोगशाला ब्यावसायीद्धारा मुल्यमा एकरुपकता र गुणस्तर कायम गर्ने अभियान शुरु
तपाईको प्रतिक्रिया





पोखरा । नागरिकलाई सेवा प्रदान गर्दै आएका गण्डकी प्रदेश अन्तर्रगतका स्वास्थ्य ल्यावहरुले (प्रयोगशाला) प्रदेशमा एउटै दररेट काम गर्ने अभियान थालेका छन्।
प्रयोगशाला सञ्चालकहरुको ब्यवसायीक संस्था मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) गण्डकीको अगुवाइमा प्रदेशमा सञ्चालित प्रयोगशालाहरुमा सेवा शुल्क समायोजन गरी एकरुपता ल्याउने निर्णय गरिएको मेलानका गण्डकीका अध्यक्ष सुर्य पोखरेलले बताए।
‘सेवाग्राहीलाई सबै ठाऊमा एउटै रेट र गुणस्तरिय सेवा कायम गर्नको लागि मेलानको अग्रसरतामा मुल्य सूचीमा एकरुपकता ल्याउन खोजिएको हो’ उने भने। ‘यसले प्रदेश भित्र सञ्चालित प्रयोगशालाहरुमा एकै प्रकारका चाँचमा एउटै मुल्य सूची र गुणस्तर कायम हुने छ।’
यस अघि एउटै चाँचमा सेवाग्राहीले प्रयोगशालापिच्छे्र फरकफरक मुल्य तिर्दै आएका थिए, भने प्रयोगशालाको गुणस्सतरमा समेत सर्वसाधारणले गुनासो गर्दै आएका थिए।
प्रदेशमा सञ्चानलमा आएका प्रयोगशालाकाको मूल्य र गुणस्तरका वारेमा सर्वसाधार र सरकोकारवाला निकायहरुले औला उठाएपछि मेलानले यसलाई ब्यवस्थित गराउने अभियान थालेको पोखरेलले बताए।
प्रदेशमा एउटै मुल्यसूची र गुगास्तर आज बुधवारदेखि लागु हुने यस अभियानका संयोजक संयोजक डा. जगत बहादर खड्काले बताए। ‘यस अधियानले गुणस्तर मुल्यको बेथितिलाई रोक्ने छ’ उनले भने। ‘यसलले ब्यवासायीकतासंगै गुणस्तरिय सेवालाई प्रभाबकारी बनाउँनेछ।’
मेलानले जेष्ठनागरिक तथा अपांगहरुको प्रयोगशाला जाँचमा १० प्रतिशत छुटको ब्यवस्था गरेको जनाएको छ। सेवालाई प्रभावकारी बनाउन आजैबाट अनुगमन समेत थालिने छ।
Related