• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मीमा २१ सवारी दुर्घटना, १५ जनाको मूत्यु

  •      /१ जेष्ठ २०७६, बुधबार ११:२१ ,  प्रकाशीत
  • सन्तोष महतारा,
    गुल्मी/ चालू आर्थिक वर्षको साउन देखि वैशाख महिनासम्म २१ सवारी दुर्घटनामा परी गुल्मीमा १५ जनाको मूत्यु भएको छ । जसमा पुरुष ८,महिला ४ र बालबालिका ३ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका ट्राफिक प्रमुख पूथ्वी काफ्लेले जानकारी दिए ।

    उनका अनुसार अनुसार ती दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका छन । दुर्घटनामा २२ सवारी साधन संलग्न रहेका छन । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा जिप तथा कार १० वटा,मोटरसाइकल ६, बस १, ट्याक्टर ५ वटा गरी जम्मा २२ सवारी साधन दुर्घटनामा परेका छन् । जसमध्ये १२ सवारी पूर्ण रुपमा क्षतिग्रस्त छन् । दुर्घटनाबाट कुनै पशुचौपायको क्षति भएको छैन ।

    सवारी कार्वाहीबाट ३२ लाख आठ हजार राजश्व संकलन

    यो चालु आर्थीक बर्षको बैशाख महिनासम्म जम्मा ३२ लाख आठ हजार राजश्व संकलन भएको छ । पाँच हजार दुई सय ९८ सवारी कार्वाहीमा परेका छन् । जसबाट यति राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जसमा तिन सय ९७ कार्वाहीमा परी राजश्व दुई लाख ५३ हजार,तिन सय ६२ बस कार्वाहीमा परे त्यसबाट एक लाख ८८ हजार पाँच सय राजश्व संकलन भएको छ ।

    त्यसैगरी जिप र कार दुई हजार ६३ कार्वाहीमा परे भने राजश्व ११ लाख ६६ हजार पाँच सय संकलन भयो । ट्याक्टर दुई सय ४६ कार्वाहीमा परे त्यसबाट राजश्व एक लाख ३४ हजार पाँच सय,मोटरसाइकल सबैभन्दा बढी दुई हजार दुइ सय ३० कार्वाहीमा परे । जसबाट राजश्व १४ लाख ४६ हजार पाँच संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्घमा उल्लेख छ ।

    त्यसैगरी मापसेबाट जम्मा ५३ सवारी कार्वाहीमा परेका छन् । जसबाट राजश्व ५३ हजार संकलन भएको कार्यालयले जनाएको छ । जसमा सबैभन्दा बढी पौष महिनामा छ सय ४० सवारी कार्वाहीमा परे । जसबाट सोहि महिनामा नै तिन लाख ७९ हजार पाँच सय राजश्व संकलन भएको छ । त्यस्तै सबैभन्दा कम मसिंर महिनामा चार सय ४७ सवारी कार्वाहीमा परेका छन् । जसबाट राजश्व दुई लाख ७१ हजार संकलन भएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

    विभिन्न जनचेतनामूलक कार्यक्रम

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्ने भन्दै विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । कार्यालयले विद्यार्थीहरुका लागि कक्षा संचालन गरेको छ । १९ पटक कक्षा संचालन गरी दुई हजार चार सय २३ विद्यार्थी हरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिएको छ । सुरक्षित चालक वनाउनको लागि चालकहरुलाई कक्षा संचालन गरिएको छ । जसमा १४ जना चालकलाई नियमबारे जानकारी दिइएको हो ।

    त्यस्तै कार्यालयले २२ पटक आठ सय ३६ जना ब्यबसायी,चालक र सहचालकलाई,११ पटक एक हजार दुई सय ३१ जना सर्वसाधारणलाई र अन्तरक्रिया कार्यक्रमा ६० जनालाई सहभागि वनाई जनचेतना मूलक कक्षा संचालन गरिएको छ । कार्यालयले पर्चा पम्प्लेट बितरण पनि गरेको छ ।

    ११ पटकमा एक हजार पाँच सय जनालाई वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । दुर्घटना न्यूनिकरण गर्न यस्ता कार्यक्रम र सवारी कार्वाही गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए ।

    सवारी कार्वाही र राजश्व संकलन को तथ्याङ्घ हेर्दा पछिल्लो समय तिव्र गतिले बढ्दै गएको देखिन्छ । यसैकारण पनि गुल्मीमा दुर्घटना न्यूनिकरण हुदै गएको छ । यहि आर्थीक बर्षको कार्तिक महिनामा ६ सवारी दुर्घटना भएका थिए । तर पछिल्लो बैशाख महिनामा भने दुई सवारी दुर्घनामा परेको तथ्याङ्घमा उल्लेख छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.