• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘जननिर्वाचित सरकारले मिडियालाई शत्रु देख्नु दुखद’

  •    शुभेच्छा न्यूज संवाददाता  /२ जेष्ठ २०७६, बिहीबार १५:०५ ,  प्रकाशीत
  • पोखरा – नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक र आमसञ्चार विधेयकमा राखिएको प्रेस तथा अभिव्यक्ति स्व तन्त्रताविरोधी व्यवस्था हटाउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन कास्कीले पोखरामा विरोध प्रदर्शन गरेको छ। स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास गर्ने नाममा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी व्यवस्था ल्याउन लागेको विरोधमा युनियनले प्रदर्शन गरेको हो।

    युनियनका उपाध्यक्ष रमेश पौडेलले मिडियामाथि आक्रमण गरेर वर्तमान सरकार तानाशाह बन्न खोजेको आरोप लगाए। उनले मिडियालाई शत्रुको रुपमा हेर्ने सरकारको आयु धेरै नभएको पनि दाबी गरे। जननिर्वाचित सरकारले मिडियालाई शत्रु देख्नु दुखद रहेको उनको भनाइ थियो।

    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा प्रेस युनियन कास्कीका सल्लाहकार रबिन्द्र बाँस्तोलाले प्रेसमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धले आम नागरिकको सूचनाको हक खोसिने अवस्थामा पुगेको बताए। उनले पत्रकार मात्र होइन, आम सर्वसाधारण पनि सडकमा आउनु जरुरी रहेको औँल्याए।

    बाँस्तोलाले नागरिकको सूचना पाउने हकलाई कुण्ठित गर्ने मनसायले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्न लागेको बताए। ‘मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक, संसदमा बिचाराधीन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार लगायतका बिधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थाले नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्ने नियत प्रष्टिएको उनले बताए।

    पोखराको महेन्द्रपुलबाट शुरु भएको विरोध र्‍याली वीपी चोकमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकारका विभिन्न पेशागत संघ संगठनमा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.