• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी सरकारले प्रहरीलाई ९२ लाखको मोटरसाईकल बाँड्दै

  •    शुभेच्छा न्यूज संवाददाता  /३ जेष्ठ २०७६, शुक्रबार ०५:४५ ,  प्रकाशीत
  • पोखरा। गण्डकी सरकारले प्रहरीका लागि मोटरसाईकल किनिदिने भएको छ । मन्त्रीपरिषद्को विहिबार बसेको बैठकले प्रहरीलाई मोटरसाईकल खरिद गर्न ९२ लाख छुट्याएको हो ।

    सरकारले छुट्टै अफसेट प्रेस खोल्नका लागि विनियोजित १ करोड रुपैयाँमध्ये ९२ लाख रकमान्तर गरि प्रहरीलाई मोटरसाईकल खरिद गर्न लागेको सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

    सार्वजनिक खरिद ऐन अनुसार नै टेण्डर निकालेर मोटरसाईकल खरिद गर्ने आन्तरिक मामिला मन्त्री हरि चुमानले जानकारी दिए । उनका अनुसार सरकारले खरिद गरेको मोटरसाईकल प्रदेश प्रहरीलाई हस्तान्तरण गर्नेछ भने प्रदेश प्रहरीले आवश्यक्ता अनुसार इकाईलाई उपलब्ध गराउनेछ । ‘गाडी र मोटरसाईकलको माग चर्को छ । यो बर्ष गाडी खरिद गर्न सकेनौं । मोटरसाईकल मात्रै दिन लागेको हो ।’ उनले भने ।

    चुमानका अनुसार ४५ वटा जति हेभि मोटरसाईकल किन्ने तयारी छ । ‘गाडी पूरै थोत्रा छन् । ६४ सालमा चुनावका बेला दिएका गाडी बाहेक नयाँ छैन । मोटरसाईकल पनि उस्तै हालतमा छन्, उनले भने–गाउँगाउँमा इमरजेन्सी पर्दा हिडेर सेवा दिन समस्या भयो । सबैतिरबाट माग्न थाले । अरु प्रदेशले ठूलै रकम बाँडेका छन् । अलिकति हामी पनि दिउँ भनेर निर्णय गरेका हौं ।’

    प्रदेश प्रहरी गठन गर्न नपाएका कारण समस्या भैरहेको उनले सुनाए । प्रहरीको कानुन नै बनेको छैन । छिटै प्रदेशको शान्ति सुरक्षा र प्रहरी हाम्रै मातहतमा आउँछ । त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्छ ।’

    सरकारले प्रदेश प्रहरी गठन गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारको बजेट खर्च निराशाजनक छ । आर्थिक बर्षको अन्त्यतिर आईपुग्दा समेत २० प्रतिशत हाराहारीमा मात्रै बजेट खर्चिएको छ । बजेट खर्च धेरै देखाउनका लागि पनि सवारी साधन खरिदमा सरकारले बढी चासो देखाएको छ । केही समयअघि मुख्यमन्त्रीलाई पनि नयाँ गाडी खरिद गरिदिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.