पोखरा । सरकारले संसदमा दर्ता गरेकोे नेपाल मिडिया काउन्सिल विधेयकको प्रावधान संसोधन गर्न माग गर्दै पोखरामा पत्रकारहरुले प्रदर्शन गरेका छन्। सरकारले तत्काले बिधेयक फिर्ता नलिए आन्दोलनको आधिवेरी ल्याउने पत्रकारहरुले चेतावनी दिएका छन्।
प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयकको विरोधमा आज पोखराको महेन्द्रपुल चोकमा विरोध प्रर्दशन गर्दै पत्रकारले सरकारले उक्त विधेयक तत्काल संसोधन नगरे आन्दोलनको आधिवेरी ल्याउने चेतावनी दिएका हुन्।
पत्रकार महासंघ केन्द्रको आव्हानमा पहिलो चरणको आन्दोलन अन्तर्गत नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा संचार सामाग्रि कलम, डायरी, क्यामरा, ल्यापटप, रेकर्डर लगायतका सामाग्रि सहित विरोध प्रर्दन गरेका हुनु ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले मुलुकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्न खोजे आफुहरुले जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतानी दिए। उनले मिडिया काउन्सिल विधेयकको प्रावधान संसोधनमा सवैको एक मत हुनु पर्ने बताउदै यस मुद्धामा कसैले राजनीतिक आग्रह र पुर्वाग्रह राख्न नहुने बताए। आग्रह गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले सत्ता र भत्ता पाउने आशमा केही पत्रकारलाइ विभाजित पार्ने काम सरकारले गरेको बताउदै पत्रकारको मुद्धामा सबै एकजुट हुन आग्रह गरे।
महासंघ कास्कीका पुर्व अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले प्रेस माथि सरकारले गरेको गलत निर्णय तत्काल सच्चाउन माग गरे ।
महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको विरोध कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष माधब बराल, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष सन्देस श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, संचारिका समुह पश्चिमाञ्चलकी निवर्तमान अध्यक्ष जमुना शर्मा बर्षा, महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले मिडिया काउन्सिल बिधेयक प्रेस स्वतन्त्रता बिरोधी प्रावधान भएकोले तत्काल संसोधन गर्न जोडदार माग गरे ।

Related