• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मध्य पहाडी लोकमार्ग अन्तर्रगतको पोखरा बागलुङ सडक खण्डको काम कछुवा गतिमा

"यहि पाराले होलात बिकार र समृद्धी "
  •    शुभेच्छा न्यूज संवाददाता  /४ जेष्ठ २०७६, शनिबार ०८:३९ ,  प्रकाशीत
  • पोखरा। मध्य पहाडी लोकमार्ग निमार्णको काम सुस्त हुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । कास्की, पर्वत र बागलुङ सडक खण्ड निमार्ण कार्य चालु आवमा सक्ने भने पनि प्रतिकुल मौसम, निर्माण सामग्री अभावले आयोजना लक्ष्यमा पुग्न नसकेको हो ।

    मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम जम्मा ४६ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्वत खण्डमा चालु आवमा ७० प्रतिशत सक्ने लक्ष्य लिएको लोकमार्ग आयोजनाका प्रमुख आशिक थापामगरले बताए ।

    लोकमार्ग अन्तर्गत पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति सोचे अनुसार हुन नसकेको हो । चालु आवसम्ममा जम्मा ५० प्रतिशत काम पूरा हुने आयोजनाले जनाएको छ । सडकका विभिन्न ठाउँमा नाली निमार्ण, पहिरो रोकथामलाई पर्खाल निर्माण, साँघुरो घुम्ती कटान कार्य चलिरहेको छ । जसले गर्दा सवारी चालक, यात्रुदेखि आसपासका स्थानीयले सास्ती खेप्नु परेको छ ।

    आयोजना निर्माणको काम लामा कन्स्ट्रक्सन प्रालिलाई दिएको छ । ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिकालागि ठेक्का लिएका थिए । कुश्मा बजारमा बिजुलीका पोल र खानेपानीका पाइपलाइनका कारण सडक बिस्तारकालागि डोजर लगाउन समस्या भएको छ ।

    बजारको २ किलोमिटर सडक खण्ड ४ लेनको बनाउन लागिएको लामा कन्स्ट्रक्सनका गोविन्द भुषालको भनाई छ । आयोजना अन्तर्गत कास्की खण्डमा ५३ प्रतिशत र बागलुङ खण्डमा ४५ प्रतिशत काम सकिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.