• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरले रिंङ्गरोड बनाउन खराने राखीडाँडा सडक स्तरोनन्ति थाल्यो

  •    शुभेच्छा न्यूज संवाददाता  /४ जेष्ठ २०७६, शनिबार १३:५६ ,  प्रकाशीत
  • पोखरा। पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा २६ मा पर्ने खराने राखीडाँडा सडक स्तरोन्नति गरिने भएको छ ।

    खरानेदेखि २ किमी १ सय मिटर सडकलाई स्तरोन्नति गरी ग्राबेलिङ गरिने महानगरपालिकाले जनाएको छ । उक्त सडकलाई ग्राबेलिङ गर्न र नाली निर्माण गर्नका लागि जिएसआर निर्माण सेवाले जिम्मेवारी पाएको पोखरा महानगरपालिका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार खरानेदेखि वडा नम्बर २८ को सिमानासम्मको सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।

    उनका अनुसार महानगरपालिकाले उक्त काम गर्नका लागि १ करोडको टेण्डर निकालेकामा निर्माण कम्पनीले ६३ लाख ११ हजार ४ सयमा काम सक्ने गरी महानगरपालिकासँग सम्झौता गरेको छ ।

    सम्झौता अनुसार १ किमी नाला निर्माण, ९ वटा कल्र्भट र २ हजार १ सय मिटर सडक ग्राबेलिङ गर्नुपर्नेछ । ठेक्का पाएको निर्माणसेवासँग गत चैत २६ गते सम्झौता भएको हो भने आगामी भदौसम्ममा उक्त काम सक्ने समयसिमा तोकिएको छ । सडक नालासहित ९ मिटर फराकिलो हुने वडा नम्बर २६ का सब इन्जिनियर इन्द्रकुमार सुवेदीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.