• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भौगोलिक बिकट्ता रहेको मालिका गाउँपालिकामा पूर्वाधार निर्माण र बिकासले गतिलिदै

  •      /५ जेष्ठ २०७६, आईतवार ०४:२८ ,  प्रकाशीत
  • सन्तोष महतारा
    गुल्मीे/ प्रायले मालिका गाउँपालिकाको अगाडी विकट शब्द जोडेर बोल्छन् । केहि समय पहिलेसम्म त्यो अवस्था कायम रह्यो । तर अहिले त्यहि बिकट निकट बन्दै गएको छ/ मालिका गाउँपालिका सदरमुकाम तम्घासबाट ४० किलोमिटर टाढा पर्दछ । गाउँपालिकाको केन्द्र अर्खबाङ्गमा हो ।

    सबै वडामा बर्थीङ्ग सेन्टर,५ वटा वडामा एम्बुलेन्स
    मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । केहि समय पहिलेसम्म सामान्य बिरामी परे सदरमुकाम कुद्नुपर्ने अवस्था थियो । तर अहिले बिशेषज्ञ सहितको स्वास्थ्य सेवा गाउँमै निशुल्क भइरहेका छन् । भर्खरै मात्रै मालिका गाउँपालिकाले वृहत मुटु मृगौला तथा सुगर परिक्षण सम्बन्धि स्वास्य शिविर सपन्न ग¥यो ।

    जसमा करिव एक हजार नागरिकले निशुल्क सेवा पाए । यस्तै शिविर धेरै पटक भएका छन् । त्यो मात्रै नभएर मालिका गाउँपालिकाका आठ वटै वडामा बर्थीङ्ग सेन्टरको स्थापना गरिएको छ । जसले सुरक्षित प्रसुतिको लागि टेवा पुगिरहेको छ । भने मालिका गाउँपालिकाका ५ वटै वडामा एम्बुलेन्स संचालनमा रहेको प्रवक्ता शोभाखर गिरीले बताए । साथै दुई वडामा सामुदायिक स्वास्थ्य केन्द्र समेत स्थापना भएका छन् । जसका कारण नागरिकको स्वास्थ्य क्षेत्रमा पहँुच वृद्धि भइरहेको गिरीले बताए ।

    मालिका रिङ्ग रोड
    केहि समय पहिले बर्खाको कुरै छोडौ । एक झर पानी परे मालिकाका सवै स्थानमा सहज यातयात थिएन् । अहिले बाह्रै महिना सवै स्थानमा गाडी कुद्छन् । त्यससंगै मालिका गाउँपालिकाले सबै वडा जोड्ने गरी मालिका रिङ्ग रोड वनाउन सुरु गरेको छ । केन्द्रिय सरकारको पहल मालिका गाउँपािलकाले सहकार्यले गरिरहेको मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले बताए । मालिका रिङ्ग रोड अर्जे, फूलबारी छापहिले बोम नेटा दर्लिङ्ग, ह्वाङ्गदी, अर्खबाङ्ग, घमिर बाटो जोडेर मालिका रिङ्ग रोड निर्माण हुदै छ । जसको बजेट चार करोड ५० लाख रहेको थापाले जानकारी दिए ।

    उत्पादनमा आधारित कृषि अनुदान
    त्यस्तै किसानलाई कृषि पेसामा आकर्षित गर्न मालिका गाउँपालिकाले उत्पादनमा आधारित कुषि अनुदान प्रदान वितरण थालेको छ । गाउँपालिकाले कृषि लाई ब्यबसाय र बाँच्नेृ आधार बनाउनको लागि यस्तो ब्यबस्था गरेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले एउटा बोका तथा खसी बेचे वबपत प्रति केजी सयका दरले अनुदान दिदै आएको छ । अरु स्थानिय तहको हिसाबले कृषिलाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिका प्रबक्ता गिरीले जानकारी दिनुभएको छ ।

    विपन्न परिवारलाई जस्ता पाता
    केहि समय अगाडी एक झर पानी परे छापहिलेमा धन बहादुरको घरमा विस्तारा पुरै रुज्थ्यो । आफै घर जस्ताले छाउने क्षमता थिएन । गरिब परिवार । पेट पाल्नै मुस्किल । छानाको त कुरा नै छौडौँ । तर अहिले त्यस्तै मालिका गाउँपालिकाले खरका छाना मुक्त बनाउने कामलाई तिव्र गतिले अगाडी बढाएको छ । गाउँपालिकाले गत बर्ष एक करोड बजेटमा ४ सय ६५ घरधुरीलाई जस्ता पाता वितरण गरेको थियो । यसबर्ष एक करोड ५० लाखको बजेटले जस्ता पाता वितरण गर्देछ । अर्को बर्ष पूर्णरुपले बजेट खरका छाना मुक्त गर्ने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

    मालिका रनिङ्ग शिल्ड
    जिल्लामा स्थानिय तहहरुले मध्ये पहिलोपटक गाउँपालिकाले मालिका रनिङ्ग शिल्ड आयोजना गरेको मालिका गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनुभयो । गाउँपालिकाले मालिका रनिङ्ग शिल्ड नाम दिएर प्रत्येक बर्ष खेलकुदमा तिन लाख बजेट बराबरको कार्यक्रम गर्दे आएको गाउँपालिकाले जानकारी दिएको छ ।

    गत बर्ष गाउँपालिकामा रहेको जय अम्बिका युवा क्लबले सहकार्य गरी मालिका रनिङ्ग प्रतियोगिता भयो । भने यो बर्ष छापहिले माध्यमिक विद्यालयले सहकार्य गरेको विद्यालय प्रधानाध्यापक धनु गरिीले जानकारी दएि । यो कार्यक्रम हरेक बर्ष संचनल हुने गर्दछ ।

    मालिका तारा
    गाउँपालिकाले जिल्लामा पहिलोपटक स्थानिय तहको हिसाबले पहिलोपटक मालिका तारा आयोजना गरेको छ । गत बर्षदेखि सुरु भएको यो कार्यक्रम लोक,कला,संस्कृति बचाउने उद्धेश्यले प्रत्येक बर्ष संचालन हुने गरेको मालिका गाउँपालिका ले जानकारी दिएको छ । यसबर्ष केहि दिन पछि तुल्सी स्मृति क्लबको सहकार्यमा संचालन हुदै छ ।
    ब्याक्त्वि विकास तालिम
    मलिका गाउँपालिकाले मालिका गाउँपालिका भित्रका संचारकर्मी सँग सहकार्य गरी माध्यमिक तहका विद्यार्थीलाई तालिम दिएको छ । गाउँपालिका भित्रका १० माध्यमिक विद्यालयका १२ सय विद्यार्थीले तालिम लिएको तालिमका प्रमुख प्रशिक्षक मनोज कार्काीले बताए । जसको बजेट १ लाख ५० हजार रहेको थियो ।

    मलिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयमा पुगेर सकारात्मक सोच प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई सकारात्मक सोच को बारेमा जानकारी गराउन यस्तो कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।

    मालिका गाउँपालिकामा करिब दुई ८० रोपनीमा हुने लगरी २८०० विरुवा वितरण गरिएको छ । गाउँपालिकाले सबै वडामा पुग्ने गरी विरुवा वितरण गरेको हो । जसमा मालिका गाउँपालिका कृषि शाखाको बजेटमार्फत प्रत्येक बर्ष फरफरक जाथका विरुवा वितरण गर्ने गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

    मालिका गाउँपालिका प्रबक्ता शोभाखर गिरीले जिल्लाबाट दुरीले टाढा रहेर विकट भनेर पभिाषित गरेको हुन सक्ने धारणा ब्यक्त गर्नुभएको छ । उहाँले हामी अरु स्थानिय तह भन्दा नयाँ र राम्रा काम गरेका छौँ । तर खोई किन विकट गाउँपालिका भनेर परिभाषित गरिन्छ । उहाँले भन्नुभयो यति नयाँ र प्रभावकारी कार्यक्रम ल्याउँदा पनि विकट भनेर परिभाषित गर्दा दुख लाग्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.