काठमाडौंको टोखामा गोली चलेको छ । चोरीका आधा दर्जन अभियोग लागेका विष्णु तामाङलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो ।
सिन्धुपाल्चोक घर भएका तामाङमाथि चोरी डकैतीका सात वटा उजुरी परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले बिहान टोखाबाट उनलाई पक्राउ गर्न खोज्दा तामाङले प्रहरीलाई पेस्तोल तेस्र्याएपछि गोली चलाइएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।
ढकालका अनुसार प्रहरीले चलाएको गोली तामाङको कम्मर मुनि लागेको छ । उनको अहिले बीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दको घरमा भएको लुटपाटमा तामाङको संलग्नता रहेको आरोप लागेको थियो ।

Related