• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

५० लाख पाए प्रम ओलीलाई नै मार्ने कमेन्ट गर्दा समातिए तामाङ

"धन भनेपछि महादेवका त्रिनेत्र भन्न ठिकै रहेछ "
  •      /६ जेष्ठ २०७६, सोमबार ११:४७ ,  प्रकाशीत
  • काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीलले सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नम्बर २ घर भएका लालबहादुर तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो।

    ‘नेपाली खबर अनलाइन’मा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारको कमेन्टमा प्रधानमन्त्रीलाई मार्ने धम्की दिँदै तामाङले प्रतिक्रिया जनाएका थिए। उनले कमेन्टमा ५० लाख पाए मार्ने उल्लेख गरेका थिए।

    ‘भारतमा मोदीलाई मार्ने समाचार देखेपछि उसले पनि आवेगमा आएर लेखेको देखियो,’ महानगरीय अपराध महशाखाका एसपी केदार ढकालले बताए।

    भारतमा केही समय अगाडि भाइरल भएको एक भिडियोमा बीएसएफका एक जवानले पचास करोड पाए मोदीको हत्या गर्ने बताएका थिए।

    त्यसको सिको गर्दै तामाङले सलिम योन्जन तामाङको फेसबुक आइडीबाट कमेन्ट गरेको प्रहरीको दावी छ। उनलाई बानेश्वरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाही सुरु गरेको प्रहरीले जनाएको छ।
    pahilopost

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.