पोखरा : पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने भएको छ। महानगरले बिहीबार सूचना जारी गर्दै मापदण्ड मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ/
सर्वोच्च अदालतले फेवातालको संरक्षण सम्बन्धमा गरेको फैसलामा पोखरा महानगरपालिकालाई तोकेको जिम्मेवारी अनुसार फेवातालको जलाधार संरक्षणको काम थालेको र मापदण्डभित्र बनेका संरचना हटाउन सूचना प्रकाशन गरिएको महानगरले जनाएको छ।
मापदण्डभित्र नयाँ संरचना नबनाउन र बनेको संरचना हटाउन अटेर गरे महानगरपालिकाले नै हटाउने र सो वापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने महानगरपालिकाको सूचनामा उल्लेख छ।
फेवातालको ६५ मिटर मापदण्ड भित्र अस्थायी वा स्थायी संरचना अब बनाउन पनि नपाइने र बनेका पनि हटाउन यो सूचना प्रकाशन गरिएको हो।

Related