आँधिखोला गाउँ पालिकामा वहुउद्देश्यीय भवन शिलान्यास, सरकार समृद्धीको अभियानमा लागेको छ ; अर्थमन्त्री गुरुङ
तपाईको प्रतिक्रिया





पोखरा । आँधीखोला गाँउपालिकामा वहुउद्देश्यीय सभाहल तथा सपिङ्ग कम्प्लेक्सको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गरेका छन्। वहुउद्देश्यीय सभाहल तथा सपिङ्ग कम्प्लेक्स २ करोड १७ लाख ४० हजारको लागतमा निर्माण हुनेछ।
आर्थिक मामिला तया योजना गुरुङले संवृद्धि यही सरकारको पालमा आउने बताउँदै प्रदेश सरकारले पहिलो वर्ष कानुन र नीति नियम बनाउन पहिलो बर्ष बिताएको बताए। स्थानीय सरकार बने पछि परिवर्तनको छनक जनताले पाईसकेको बताउदै मन्त्री गुरुङले ३ वटै सरकारको सहकार्यमा बिकास निर्माणको काम अगाडी बढिरहेको बताए।
मन्त्री गुरुङले एक हजार अमेरिकी डलर भन्दा वढी रहेको गण्डकी प्रदेशको प्रति व्यक्ती आयलाई आगामी ४ वर्षमा २ हजार देखि २५ सय अमेरिकी डलरको हाराहारीमा पुर्याउने लक्ष्य रहेको बताए।
आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधिर पौड्यालले भवन निर्माण पछि गाँउपालिकाको आर्थिक प्रगती वढ्ने बताए। उनले गाँउपालिकाका जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताए।
शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सीता थापा, नेकपाका भवानी ढकाल, नेपाली कांग्रेसका प्रदिप पौडेल,समाजवादी पार्टीका ख्याम नारायण ढकाल, राप्रपाका गढेश ढकाल,गाँउ पालिकाका प्राविधिक शाखा प्रमुख प्रकाश पौडेल, मुक्तीनाथ कन्स्ट्रक्सन प्रालीका कृष्ण पोख्रेल लगायतले बोलेका थिए ।
Related