• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको ग्रामीण क्षेत्रसंग जोड्ने कनेक्टिङ सडक निर्माण तीव्र

  •    शुभेच्छा न्यूज संवाददाता  /१० जेष्ठ २०७६, शुक्रबार १०:४६ ,  प्रकाशीत
  • पोखरा।भौगोलीक दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगर क्षेत्र भित्रपर्ने वरीपरीको पहाडी भूभागलाई केन्द्रसँग जोड्ने उदेस्यले थालेको कनेक्टिङ सडक निर्माणको काम तिब्ररुरपमा अगाडी बढेको छ।

    महानगरको कनेक्टिङ सडक अन्तरर्गत निर्माण थालिएको पोखरा २४ को सडकको स्तरोन्नति गर्ने काम अहिले धमाधम भइरहेको छ । पोखरा २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीका अनुसार आमकुना चिलिडाँडा, सिमलचौर—गुन्टेचौर—फुल्सेडाँडाहुँदै देउराली सेरा सम्मको सडक खण्ड र पामेदेखि वडा कार्यालयसम्म पुग्ने कनेक्टिङ सडकको काम दुर्त गतिमा अगाडी बढिरहेको छ।

    आमकुना देउराली सेरा सडक खण्डको काम ३० प्रतिशत पूरा भएको वडा नम्बर २४ का इन्जिनियर रामजीप्रसाद त्रिपाठीले जानकारी दिए । उनका अनुसार सडकमा ग्याबियन भर्ने काम सकिएको छ । उक्त सडक खण्डको ३ किमी सडकलाई नालासहित ८ मिटर चौडाइको बनाइने छ । सडक खण्डमा ३ सय ६० मिटर नाला बनाइनेछ । ५ ठाउँमा गरी ३ सय ५० घनमिटर ग्याबियन भर्ने काम सकिएको त्रिपाठीले बताए ।

    उक्त सडकमा ५ ठाउँमा कल्र्भट पाइप र २ ठाउँमा सिँचाइको पाइप, एउटा कजवे, बेस्टवाल, निर्माण गरिने छ । फराकिलो पारिएको सडक खण्डको ३ किमी सडकलाई ग्राबेलिङ गरिने महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए ।

    सडकको उक्त काम गर्न महानगरपालिकाले १ करोड ५० लाखमा टेन्डर आह्वान गरेकोमा कुमार कस्ट्रक्सनले ९२ लाख ६५ हजारमा सम्पन्न गर्ने गरीमहानगरपालिकासँग सम्झौता गरेको छ ।

    निर्माण कम्पनीलाई आगामी भदौ ४ गतेसम्म काम सक्न समयसीमा तोकिएको छ । निर्माण कम्पनीले गत चैत १५ गते सम्झौता गरी काम अगाडी बढाएको छ।

    यसैगरी वडा नम्बर २४ कै पामेदेखि वडा कार्यालयसम्म पुग्ने सडकलाई पनि स्तरोनन्ति गर्ने काम भइरहेको छ । १ हजार ५ सय मिटरसम्म सडकलाई नालासहित ८ मिटर फराकिलो बनाइने इन्जिनियर त्रिपाठी बताए । उनका अनुसार ५० मिटर रिटेनिङवाल, ४ ठाउँमा गरी ३ सय ४५ ग्याबियन भर्ने, कल्भर्ट ५ वटा, कजवे एउटा निर्माण गरिने छ ।

    सडकको ५ सय मिटर सडकलाई ग्राबेलिङ गरिने छ । उक्त कामका लागि ७५ लाखमा महागरले टेन्डर निकालेकोमा ४६ लाख ७६ हजारमा सक्ने गरी केडी कस्ट्रक्सनले सम्झौता गरेको छ ।

    निर्माण कम्पनीलाई भदौ ४ गते भित्र उक्त काम सक्नको लागि समय सिमा तोकिएको छ । महानगरले कनेक्टिङ सडक अन्तर्गत २७ योजनालाई बहुवर्षीयमा राखेका काम गरिरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.