• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

थमन महेश पत्रकारिता पुरस्कार त्रिभुवन पौडेललाई

  •    शुभेच्छा न्यूज संवाददाता  /११ जेष्ठ २०७६, शनिबार ०४:२६ ,  प्रकाशीत
  • पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेल थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिने हुने भएका छन् । पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार तथा अर्का सञ्चारकर्मी महेश पहारीको स्मृतिमा तत्कालीन क्रान्तिकारी पत्रकार संघले पुरस्कार स्थापना गरेको थियो ।

    प्रेस सेन्टर कास्कीले सञ्चालन गर्दै आएको यो पुरस्कार अबबाट प्रेस संठठन नेपाल कास्कीले सञ्चालन गर्ने भएको छ । पुरस्कारको राशि नगद २५ हजार, ताम्रपत्र तथा दोसल्ला छ । यही जेठ १३ गते कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा हुने कार्यक्रममा पौडेललाई पुरस्कार प्रदान गरिनेछ ।

    पुरस्कारका लागि प्रतिभा छनोट गर्न प्रेस संगठन कास्कीले गठन गरेको छनोट समितिले गरेको सिफारिसलाई शुक्रबार बसेको संगठनको बैठकले अनुमोदन गरेको हो ।

    पत्रकार कोलमनाथ बरालको संयोजकत्वमा रहेको छनोट समितिमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, गोमा घिमिरे तथा प्रेस संगठनका नेताहङ माधव बराल र सन्देश श्रेष्ठ सदस्य थिए । १ दशकदेखि जनपक्षीय तथा जनजीविकाको सवालमा कलम चलाउने सञ्चारकर्मीलाई वर्षेनि सो पुरस्कारबाट सम्मान गर्ने गरिएको छ ।

    २०५७ सालमा स्वाभिमान साप्ताहिकबाट पत्रकारितामा सुरु पौडेल २०५९ सालदेखि पोखरा हटलाईन दैनिकको संवाददाता हुँदै हाल सम्पादक छन् । उनले रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन र युगप्रवाह साप्ताहिकमा पनि काम गरेका थिए ।

    क्रान्तिकारी पत्रकार संघ कास्कीका संस्थापक उपाध्यक्ष पौडेल जनयुद्ध कालदेखि नै जनपक्षीय पत्रकारिता क्रियाशील छन् । पत्रकार महासंघ कास्की शाखाको २ कार्यकाल सचिव निर्वाचित पौडेल हाल पत्रकार महासंघ गण्डकी अध्यक्ष हुन् ।

    उनले अर्थ मन्त्रालयको सञ्चार तथा सूचना विज्ञको रुपमा समेत केही समय काम गरे । यो पुरस्कारबाट यसअघि कोमलनाथ बराल, महेश्वर दाहाल, रुद्र भट्ट र गोमा घिमिरे पुरस्कृत भइसकेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.