बैदेशिक रोजगारीको प्रलोभनमा युवाहरुको कारोडौं ठगेको आरोपमा थाइल्याण्डबाट गुरुङ पक्राउ
तपाईको प्रतिक्रिया





काठमाण्डाै – करोडौँ ठगी तथा मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाइ ठगी गरेको आरोपमा
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका परशुराम गुरुङलाई सार्वजनिक गरेको हो । गुरुङलाई थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको हो ।
थाइल्याण्डको नेपाली राजदूतावासलगायत सम्बन्धित निकाय र थाइ प्रहरीको समन्वयमा उनलाई गएको चैत १३ गते थाइल्याण्डमा पक्राउ गरिएको थियो । आवश्यक प्रक्रिया पश्चात् शुक्रबार नेपाल ल्याइएको हो ।
लामो समयदेखि थाइल्याण्ड बसोबास गर्दै आएका गुरुङले सक्कली पहिचान लुकाएर सामाजिक सञ्जालबाट पनि ठग्ने गरेको खुल्न आएको छ । उनले सामाजिक सञ्जालमार्फत र वैदेशिक रोजगारीमा लैजाने भन्दै विभिन्न व्यक्तिहरुबाट १३ करोड रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
क्यानडा, फ्रान्स, कोरिया, मकाउ, अष्ट्रेलिया, अमेरिकालगायतका देश पुर्याइदिने र ती देशमा आकर्षक तलब सुविधामा काम लगाइदिने प्रलोभन देखाएर उनले प्रतिव्यक्ति पाँच लाखदेखि २० लाख रुपैयाँसम्म लिएका थिए । उनी कमल, पारस, मनोज, किम, अधिराज थापामगर, प्रतापलगायतका नामले चिनिँदै आएका थिए ।
Related