• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लण्डनमा गोर्खा कपको भब्य तयारी

  •    शुभेच्छा न्यूज संवाददाता  /१२ जेष्ठ २०७६, आईतवार ०६:२२ ,  प्रकाशीत
  • लण्डन, । तमु धिं यूकेले आयोजना गर्ने १७ औं संस्करणको भब्य तयारी चलिरहेको छ । लण्डन स्थित क्विन्स एभेन्यू खेल मैदानमा यहि मे २६ अर्थात जेठ १२ गते आयोजना हुने गोर्खा कपको लागि तमु धिं यूकेको सम्पूर्ण टिमले उत्साह पूर्वक तयारी सम्पन्न गरेको हो ।

    मुख्य फुटबल स्पर्धा तर्फ ३२ र भेट्रान तर्फ १० टिम गरि ४२ टिमको सहभागिता रहेको आयोजक तमु धिं यूकेका अध्यक्ष नन्दजङ गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सम्पूर्ण तयारी पुरा भएको र आइतबार बिहान बाट बेलायत लगाएत अन्य यूरोपेली मुलुक बाट सहभागिता जनाएका टिम बिच खेल शुरु हुने बताए । “हाम्रो सम्पूर्ण तयारी पुरा भएको छ, आइतबार विशेष पर्वको रुपमा गोर्खा कपको १७ औं संस्करण शुरु हुनेछ” अध्यक्ष गुरुङले भने ।

    बेलायत अल्डरशट क्विन्स एभेन्यू खेल मैदानमा खेल संचालनका लागि ११ वटा खेल मैदान तयार पारिएको तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङले जानकारी दिए । गोर्खा कप सन १९९७ बाट शुरु भएता पनि यसलाई तमु धिं यूकेको स्थापना पश्चात यसलाई सन २००२ बाट अफिसियल खेलको रुपमा संचालन गर्न शुरु गरिएको संस्थापक अध्यक्ष गुरुङले बताए ।

    लण्डन जस्तो अति व्यस्त शहर भित्र शुरु हुने १७ औं संस्करणको गोर्खा कपको तयारीका बारे कुरा गर्दै आयोजक संस्थाका पूर्ब अध्यक्ष मुछेत्र गुरुङले खेल मैदानमा करिब १० हजार भन्दा बढी दर्शकहरु फुटबल हेर्न आउने बताए ।

    “आइतबार बिदाको दिन मात्रै नभएर तमु धिंको गोर्खा कपमा नेपाली समुदाय र स्थानियहरुको पनि उत्तिकै चासो रहन्छ” गुरुङले भने–“गोर्खा कप सफल बनाउन आमा समुह देखि सबैले उत्तिकै खटेर काम गरेका छन ।”

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.