पोखरा । नेपाल परिवार दल गण्डकी प्रदेशले आर्थिक सहयोग गरेको छ। दलले अर्पण शान्ति कास्की नेपालकी अध्यक्ष लक्ष्मी अधिकारी र रत्न प्रतिष्ठानका अध्यक्ष बलराम परियारलाई सयुक्त रुपमा आर्थिक सहयोग गरिएको हो ।
पाल परिवार दलका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश प्रमुख प्रकाशबाबु थापाले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । अर्पण शान्ति कास्कीले सञ्चालन गर्दै आएको महिला तथा अपाङ बालबालिकाको सिपमुलक तालिम र रत्न प्रतिष्ठानद्धारा सञ्चालिन दलित तथा पिछडिएका मानिसहरुको तालिम तथा नेतृत्व बिकासको लागि सहयोग पु¥याउने उदेस्यले दलले ५० हजार रुपैया आर्थिक सहयोग गरेको गण्डकी प्रमुख प्रकाशबाबु थापाले बताए।
‘कुनै एक दलले सहयोग गरेर बिकास निर्माण हुने होइन, सबैभन्दा ठूलो बिकास भनेको त मान्छेको सोचाईमा बिकास हुनु हो’ थापाले भने।‘स्थानीय स्तरबाट नै बिकासको मुल फुटने तर्फ सवै बर्ग सचेत हुन जरुरी छ।’उनले पिछडिएका बर्गलाई राज्यसम्म पहुच पुगोस भन्ने उदेस्यले पार्टीले सहयोग गरेको बताए।
बिकास भनेका तुरुन्तै आजको भोली हुने कुरा पनि होईन, यो प्रकृयामा अगाडि बढ्ने कुरा हो जसको लागि संस्थाका सबै क्रियाशील सदस्यहरु एक भएर अगाडि बढनुको बिकल्प नरहेको बताए ।
अर्पण शान्ति कास्की नेपालकी अध्यक्ष लक्ष्मी अधिकारीले राजनीतिक दलबाट पहिलो पटक सहयोग प्राप्त गरेकोमा खुशी ब्यक्त गरिन्। ‘जुन उदेश्यको लागि सहयोग प्राप्त भएको छ, त्यही उदेश्य अनुसार संस्था लाग्ने छ’ उनले भनीन्।
रत्न प्रतिष्ठानका अध्यक्ष बलराम परियारले समुदायको निम्त केही गर्न खोजिरहको बेला परिवार दलबाट प्राप्त सहयोगले हौसला मिलेको बताए ।

Related