• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ब्यवसायीक र स्वाबलम्वी बन्न डोको बुन्न सिक्दै महिलाहरु

  •    शुभेच्छा न्यूज संवाददाता  /१४ जेष्ठ २०७६, मंगलवार ०५:२७ ,  प्रकाशीत
  • प्युठान। पिढीँमा लहरै बसेका महिलाहरु,आ-आफ्नै धाउन्नेमा थिए। कसैका हातमा हंसिया थियो । कसैको हातमा बाँस, कोही चोया काड्दै थिए।एकापसमा कुरा गर्दै उनिहरु डोको बुन्न सिकिरहेका थिए। दिनभरि यस गरि डोको बुन्नमा व्यस्त हुने उनीहरु बुबाआमाले पढ्दापढ्दै आफ्नो विवाह गरिदिएको बताउँछन् ।

    ‘पढ्ने त मन थियो नि, के गर्नु बुबाआमाले पढाउन सक्नु भएन,’ उनीहरु दुखेसो पोख्दै भने, ‘बिहेपछि पनि आर्थिक स्थिती सुध्रेन । धेरै दुःखमा हुर्केका महिला हौं । त्यसैले मेहनत गर्ने जाँगर चल्यो,’ मुस्कुराउँदै उनी भन्छन् अहिले सीप सिक्न पाउँदा निकै खुशी छौँ ।स्वर्गद्वारी नगरपालिका वडा ४ का यी महिलाहरुमा बाँसलाई प्रशोधन गरि डोका बुन्ने तालिम लिईरहेका छ्न ।

    सीप सिकेर आत्मनिर्भर हुन तालिम सिकेको सहभागी हरिकला घर्तिमगरले बताईन। ‘बाँस किन्नुपर्दैन, आफ्नै बारीमा छ,’ सधैभरी श्रीमानकै आश गरेर पनि भएन’ मगरले भनिन्, सानै उमेरमा बिबाह गरियो, पढ्न त सकिएन’ ‘ सीप सिक्दै छु।ब्यावसायीक बन्ने लक्षय छ। मगर जस्तै अरु१२ जना महिलाले बाँस प्रशोधनसम्बन्धी तालीममा सहभागी छ्न। १५ दिने तालीम लिएर यस सम्बन्धी सिप सिकेको उनको भनाइ छ ।

    ‘डोकोको गाउँमै राम्रो बजार छ,’हरिकला घर्तिमगरले भनिन् ।स्वर्गद्वारी गाउँ पालिका गोठिबाङ्का १३ जना महिलाहरूले अहिले बाँस र निगालोबाट डोको बुन्ने तालिम लिइरहेका हुन् ।तालिममा सहभागी रुपा नेपालीले दैनिक आम्दानी गर्ने कुनै माध्यम नभएपछि डोको बुन्न सिकेको बताईन।गाउँमा निगालो र बाँस त्यसै खेर गएका छन् । मान्छेहरूले शीप सिकेर यसलाई पैसामा बदल्न सकेका छ्रैनन्,’ उनि भन्छिन् ।

    ‘धेरै मान्छेहरूले डोको बुन्न सिक्ने हो भने कमाउन सक्छन् ।’घरेलु तथा साना उद्योग बिकास समिती प्युठानको आर्थिक सहयोग एवम् ग्रामीण आर्थिक विकास मञ्च (रेकोडेफ) प्यूठानको आयोजनामा महिलाहरूलाई सिपमूलक तालीम प्रदान गरेको हो । ‘महिलाहरूकै मागअनुसार बाँस प्रशोधन तालीमको व्यवस्था गरेका हौं,’ रेकोडेफका कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले भनिन्, ‘हामीले तालिम मात्रै दिँदैनौ व्यावसायिक बनाउने योजनासहित काम गरिरहेका छौं,” उनले भनिन उनीहरूको आर्थिक परिवर्तनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ”।’

    कार्यक्रमअन्तर्गत सामाजिक परिचालन, उद्यमशीलता विकास, सिप विकास तालीम, उपयुक्त प्रविधिमा पहुँच एवम् हस्तान्तरण, लघु वित्त सेवामा पहुँच र वस्तु बजारीकरणमा सहयोग तथा सञ्जाल निर्माणलगायत व्यावसायिक परामर्शको क्षेत्रमा उद्यमीहरूलाई सहयोग पुर्‍याउँदै आएको उनले बताइन् ।

    आयोजक सस्थाले बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत सीपमूलक तालिम दिइएको उद्यम बिकास सहजकर्ता बिन्दु के सि ले जानकारी दिइन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.