पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराल ४० हजार घूस रकम सहित दुई जनालाई सोमबार राती पक्राउ गरेको छ ।
स्काभेटरको लाइसेन्स निकालिदिने भन्दै एक व्यक्तिसँग ४० हजार घूस लिँदालिँदै गर्दा हेवी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्स्ट्च्यिूटका संचालक खगेन्द्रप्रसाद काफ्लेलाई रंगेहात पक्राउ गरेको हो ।
उनीहरुले यातायात व्यवस्था कार्यालय गण्डकीबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउँदा लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै सेवाग्राहीसँग घूस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले पोखरा १७ को एक रेष्टुरेण्टबाट उनीहरुलाई पक्राउ गरेको हो।
काफ्लेले विभिन्न सेवाग्राहीसँग लिखित परीक्षा र ट्रायल पास गराइदिने भन्दै लिएको १ लाख ६ हजार रुपैँया र डायरी लगायत प्रमाणहरु बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
दुबै जनालाई मंगलबार अख्तियारको कार्यालय काठमाडौ लगेर थप अनुसन्धान भईरहेको अधिकारी रिजाललले बताए।

Related