• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा १९ मा कनेक्टिङ सडक पिचहुँदै

  •      /१७ जेष्ठ २०७६, शुक्रबार १०:५८ ,  प्रकाशीत
  • पोखरा /पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि बहुवर्षीय योजनामा समावेश गरी कनेक्टिङ सडक स्तरोन्नतिको कामलाई अगाडि बढाएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा १९ मा पर्ने अमलाबिसौंना तल्लोथर डाँडा घार्मी सडक कलोपत्र हुने भएको छ ।

    उक्त सडकलाई स्तरोन्नति गरी कालोपत्र गर्ने काम सुरु भएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए । नाला बाहेक ६ मिटर चौडाइसहित सडकको ८ सय ३८ मिटर कालोपत्र गरिने वडा नम्बर १९ का इन्जिनियर हरिबहादुर बस्नेतले जानकारी दिए ।

    उक्त सडकमा ३ सय ३८ मिटर नाला निर्माण गरिनेछ । ३ वटा कल्र्भट, ४२ मिटर ग्याबियन भरिने बस्नेतले बताए । उक्त काम गर्नका लागि महानगरले १ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा सिटी बिल्र्डसले १ करोड ६ लाख ९४ हजारमा काम सक्ने गरी सम्झौता गरेको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले आगामी भदौ ४ गतेसम्म काम सक्ने समयसीमा तोकिएको छ ।

    यसैबीच पोखरा १९ कै अर्को कनेक्टिङ सडक चितेपानी, कृषि क्याम्पस, रैकरहँुँदैं माछापुच्छे« सडक पनि आगामी वर्षको असारसम्म कालोपत्र गर्ने गरी महानगरले ठेक्का सम्झौता गरेको छ । नाला बाहेक ६ मिटर चौडाइको सडकमा २ किमी ३ सय मिटर सडक कालोपत्र गरिने छ । सडकमा ४ किमी नाला निर्माण, १४ वटा कल्र्भट, ५ मिटर रिटेनिङ वाल निर्माण गरिने रेग्मीले बताए । उक्त सडकको ४ सय मिटर सडकलाई फराकिलो पनि पारिनेछ ।

    पोखरा महानगरपालिकाले उक्त काम गर्न ६ करोड ७७ लाखमा बोलपत्र आह्वान गरेकोमा काष्ठमण्डम कस्ट्रक्सनले ४ करोड ८२ लाख ९८ हजारमा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई २०७७ असारसम्ममा काम सक्ने समयसिमा तोकिएको छ ।

    ग्रामीण भेगका नागरिकलाई विकटबाट निकटमा ल्याउन कनेक्टिङ सडकको योजनालाई प्राथमिकतामा राखेर महानगरले काम गरिहेको महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

    जिसीका अनुसार महानगरले कनेक्टिङ सडक निर्माण गर्न २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । २७ योजना मध्ये २२ योजना सम्झौता भई काम सुरु भएको छ भने ५ वटाको ठेक्का सम्झौता आगामी हप्ता भित्र सकिने सहरी पूर्वाधार महाशाखाले बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.