पोखरा महानगरको कनेक्टिङ सडक अन्तर्रगत घार्मीखोला—ढिकीडाँडा सडक स्तरोन्नति हुँदै
तपाईको प्रतिक्रिया





कास्की । पोखरा महानगरपालिकाले बजार र ग्रामीण क्षेत्रलाई सहजरुपमा यातायात संजाल मार्फत जोड्नका लागि कनेक्टिङ सडक निर्माणलाई तिब्र पारेको छ। पोखराको बजार क्षेत्र र महानगर भित्रका वरिपरिका ग्रामीण भेगहरुलाई स्तरिय सडक सञ्जाल मार्फत जोड्न एकैपटक २७ योजनाको काम अगाडी बढाएको छ।
यसै अभियान अन्तर्रगत महानगरपलिकाले १६ स्थित घार्मीखोला, जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानी सम्मको सडक स्तरोन्नतिको काम अगाडी बढाएको छमहानगरपालिकाको कनेक्टिङ सडक योजना अन्तर्रगत सडक स्तरोन्नतिको काम अगाडी बढाइएको पोखरा १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए।उनका अनुसार नालासहित उक्त सडक ७ मिटर फराकिलो बनाइदै छ।
उक्त सडक खण्डको २ किमी सडकलाई चौडा पारिने पोखरा महानगरपालिका वडा नम्बर १६ का इन्जिनियर हरिबहादुर बस्नेतले बताए । सडकमा १ किमी नाला निर्माण गरिने र १ सय ५ मिटर ग्याबियन भरिनेछ । ९ सय मिटर सडकमा ग्राबेल गरिनेछ ।
सडक बनाउन महानगरले १ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा सिटी बिल्डर्सले ९१ लाख ३१ हजारमा काम सक्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई काम सक्नको लागि भदौ ८ गतेसम्म समयसिमा तोकिएको महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले बताए ।
पोखरा १६ कै महेन्द्रगुफादेखि अर्मलाकोटसम्मको सडक पनि स्तरोन्नति हुने भएको छ। कनेक्टिङ सडक अन्तर्गत सडक खण्डको ४ किमीलाई फराकिलो पारेर ग्राभेल गरिने छ । नाला बाहेक ६ मिटर चाक्लो बनाइने सडकमा ४ किमी नाला निर्माण गरिने रेग्मीले बताए । सडकमा १४ वटा कल्र्भट, १ सय मिटर रिटेनिङवाल, २ सय ३२ मिटर ग्याबियन भरिने छ।
उक्त सडक निर्माको लागि उक्त काम गर्न महानगरले ७ करोड ४८ लाखको बोलपत्र आह्वान गरेको थियो। तर, जोशी अमित जेभीले ४ करोड ७४ लाखमा काम सक्ने गरी सम्झौता गरेको छ । निर्माण कम्पनीलाई सन २०२० जुलाईसम्म काम सक्ने समय तोकिएको छ ।
महानगरपालिकाको बजार क्षेत्रसंग ग्रामीण भेगलाई जोड्न कनेक्टिङ सडकको योजनालाई प्राथमिकतामा राखेर काम थालिएको महानगरका प्रमुख मानबहादुर जिसीले बताए।
‘महानगरले कनेक्टिङ सडक निर्माण गर्न २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम अगाडी बढाएको छ’ उनले भने। ‘महानगरको यस अभियानले बजार क्षेत्र र ग्रामीण भेगलाई सहजरुपमा जोड्नेछ।’
२७ योजना मध्ये २२ योजनाको सम्झौता भइसकेको छ भने ५ वटा योजनाको पनि सम्झौता प्रक्रिया अगाडि बढेको सहरी पूर्वाधार महाशाखाले बताएको छ ।
Related