सुरक्षा स्थितिलाई सुदृढपार्न कानून मन्त्रीको निर्देशन
/१६ फाल्गुन २०७४, बुधबार १४:०१ , प्रकाशीत
पोखरा, १६ फागुन / प्रदेश नं चारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिवहादुर चुमानले यस क्षेत्रको शान्ती सुरक्षालाई सुदृढपार्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
प्रदेशको सुरक्षा समितिको वुधवार वसेको वैठकमा मन्त्री चुमानले संघियता कार्यान्वयनमा आईसकेकाले समग्र प्रदेशको सुरक्षा स्थितिलाई मजवुत वनाउन निर्धक्क भएर काम कार्वाहीअगाडी वढाउन निर्देशन दिएका हुन् । मन्त्री चुमानले कानूनी संरचना निर्माण गर्दा केन्द्रीय सरकारसँग छलफल गरेर अगाडी वढ्ने वताए ।
कडाईका साथ कानूनको पालना गराउदा कुनै समस्या भए तत्काल जानकारी गराउन निर्देशन दिंदै मन्त्री चुमानले प्रदेसले तत्काल समस्या समाधान गर्ने वताए ।
प्रदेश प्रहरी प्रमुख कमल सिंह वमले यस क्षेत्रको शान्ती सुरक्षाको स्थित र प्रहर्ी संगठनको वारेमा गृहमन्त्री चुमानलाई जानकारी गराएका थिए । वैठकमा पोखरामा वढ्दो ट्राफिकजामको समस्यालाई तत्काल न्युनीकरण गर्न सर्वसाधारणलाई सहायक मार्ग प्रयोग गर्न आग्रह गर्ने निर्णय भएको छ ।

Related