• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एक बर्ष भित्र पोखरा क्षेत्रमा इलेक्ट्रिक बस सञ्चालन गर्ने

  •    शुभेच्छा न्यूज संवाददाता  /२० जेष्ठ २०७६, सोमबार १६:२५ ,  प्रकाशीत
  • पोखरा, २० जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा आगामी वर्षदेखि बिजुलीबाट बस सञ्चालन गर्ने बताएका छन् । उनले अबको एक वर्ष भित्रै पोखरामा बिजुलीबाट बस सञ्चालमा ल्याउने बताएका हुन्।

    बिजुली उत्पादन बढेसँगै बिजुली खपत पनि बढाउनु परेको छ– गुरुङले भने,‘त्यसका लागि एक वषभित्रै पोखरामा बिजुली बस सञ्चालनको ब्यबस्था गर्छौं ।’ उनले बिजुली बस ल्याउनका लागि प्रेरित गर्न बिजुली बसको भन्सार शुल्क घटाउने योजना सुनाए । बिजुलीबाट चल्ने गाडीको प्रवद्र्धन गर्नुका साथै पोखरा बजारको मूख्य चोकचोकमा चार्जिङ स्टेसन राखिने उनले जानकारी दिए ।

    मुख्यमन्त्री गुरुङले सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई प्रदेश सरकारले नछाड्ने चेतावनी पनि दिए । त्यसै गरि गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारी आवश्यक भएपनि हालसम्म ९ सय कर्मचारी मात्रै आइपुगेको बताए ।

    मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको बताए । अबको ४ वर्षभित्र स्थानिय तहका केन्द्रहरुको लिंक रोड बनाइसक्ने घोषणा गर्दै उनले त्यसलाई प्राथमिकतामा राखेर बजेट आउने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.