पोखरा । पोर्चुगल गएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका– ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः३० बजेतिर साइकलमा सवार रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको हो।
मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भएका छन्। उनको अहिले उपचार भइरहेको जनाइएको छ।शर्मा एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमा रहेका उनका दाजु अमृतले जानकारी दिए। उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ।
दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताए।

Related