स्याङ्जाको अर्जुनचौपारीमा कृषकले पालेका १० बाख्रा मरे
/२५ जेष्ठ २०७६, शनिबार ०५:०९ , प्रकाशीत
पोखरा। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ को स्वोतामा कृषकाले पालेका १० वटा बाख्रा मरेका छन्। शुक्रबार ५ मिनेटको क्षण भरमै कृषकले पालेका १० वटा बाख्रा मरेका हुन् । स्वोताका स्थानीय भुमिदत्त काफ्लेले पालेका ९ माउ बाख्रा र १ पाठा मरेका हुन् । विहान खोरबाट बाहिर निकालेर दाना खुवाउने क्रममा बाख्रा मरेका हुन् ।
काफ्लेका अनुसार दानखुवाएर चरनको लागि लग्ने तयारी गरिरहेको बेला दाना खाँदाखाँदै बाख्रा भकाभक मरेका हुन्। उनले भने गोठ घरभन्दा माथि छ ।
विहान ११ बजेतिर दाना खुवाएर चरन लैजाने तयारीमा थियौँ, २ पटक मात्रै दाना खाएका ९ माउ ५ मिनेटमै मरे ।” १० माउसहित पाठो मर्दा ढेढ लाखको क्षति भएको काफ्लेको भनाई छ । वडाका पशुप्राविधिक र वडा अध्यक्ष समेत काफ्लेको घरमा स्थलगत अनुगमनमा पुग्नुभएको र रिर्पोट संकलन कार्य भईरहेको उनले बताए।
वडा अध्यक्ष राजकुमार घलेले अकस्मात भएको घटनाले मेहेनती किसानलाई मर्का परेको भन्दै रिर्पोट पशु साखा कार्यालयमा लगिने बताए। घट्नाको वारेमा आवस्यक अनुसन्धान भइरहेको छ उनले भने।

Related