• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीबाट बिप्लव माओवादीका १८ जना नेता कार्यकर्ता पक्राउ

  •      /२६ जेष्ठ २०७६, आईतवार ०७:३० ,  प्रकाशीत
  • पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले डेढ दर्जन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । शनिबार साँझ ६ बजे बैठक बसिरहेको ठाउँमा घेराहाली प्रहरीले कास्की जिल्ला सेक्रेटरी मिलन राई सहित १८ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ गरेका सवैलाई राती नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    अन्नपूर्ण गाउँपालिका ११ मा विप्लब नेतृत्वको नेकपाको विशेष बैठक हुदै छ भन्ने सूचनाका आधारमा कास्की प्रहरीले सिबिल डे«समा प्रहरी परिचालन गरी निगरानी बढाएको थियो । प्रहरी प्राप्तगरेको सूचनामा विप्लबका मध्यपश्चिम क्षेत्रका कमाण्डर सहिता नेताहरु विशेष बैठकमा सम्बोधन गर्न आउने बताइएपनि प्रहरीले निगरानी बढाएको जानकारी पाएपछि सो टोलीले आफ्नो पूर्ववत् कार्यक्रम हजाएको थियो ।

    दिउँसो देखि नै नेकपाका कार्यकर्तालाई घेरा बन्दीमा पारेको भएपनि प्रहरीले साँझ मात्रै १८ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी कार्कीले बताए। ‘त्यो क्षेत्रमा यिनीहरुको गतिविधि बढेको हामीले यस अघि नै थाहा पाएका थियौँ,’ उनले भने, ‘गतिविधि बढ्को सूचनाको आधामा लङ गस्ती जिप्रकाबाट पठाइएका हौं।, त्यहि गस्तीको टोलीले उनीहरुलाई घेराबन्दीमा पारेर पक्राउ गर्न सफल भयो।’

    विप्लबको टोली स्थानीय आमा समुहको भवनमा बसेर विशेष छलफलको तयारी गरिरहेको समयमा प्रहरीले घेराहालेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.