• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

किसानलाई सहजरुपमा कृषि औजार उपलब्ध गराउन ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालन

  •    शुभेच्छा न्यूज संवाददाता  /२७ जेष्ठ २०७६, सोमबार ०५:१६ ,  प्रकाशीत
  • कास्की । पोखरा महानगरपालिकाले स्थानीय कृषकलाई एउटै स्थानबाट कृषिजन्य उपकरण उपलब्ध गराएर कृषि उत्पादनलाई बृद्धी गर्ने उदेस्यले ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ।

    महानगरपालिकाको मेयर प्रविधीमैत्री कृषि परियोजना अन्तर्गत पोखरा २७ तालचोकमा ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याएको हो/महानगरको मातहतमा लेखनाथ सामुदायिक कृषि सहकारी संस्थाले सञ्चालन गर्ने गरी सञ्चालनमा आएको कस्टम हायरिङ सेन्टरको आइतबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले उद्धाटन गरेका छन्।

    स्थानीय कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी सहुलियत दरमा कृषि उपकरण एकै स्थानबाट भाडामा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगामा कस्टम हायरिङ सेन्टर सञ्चालनमा आएको हो।

    महानगर क्षेत्रभित्र कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरणको माध्यमबाट उत्पादन लागत न्यूनीकरण गर्न महानगरपालिकाले ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याएको प्रमुख जिसीले बताए। ‘स्थानीय कृषकको उत्पादनलाई आधुनीक उपकरणको प्रयोग मार्फत सहजरुपमा उत्पादमा सघाउने उदेस्यले महानगरले ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालनमा ल्याएको हो’ उनले भने। प्रविधिको प्रयोग मार्फत कृषकले सहजरुपमा आफ्नो उत्पादन बृद्धी गरी आर्थिक लाभ हासिल गर्ने वातावरण निर्माण गर्न महानगरले चाहेको हो।’

    बाँझोरहेको जग्गालाई ब्याक्तीगत, समूहीक र सहकारीको माध्यमबाट उत्पादकत्वमा बृद्धी गरी स्थानीय उत्पादनलाई ब्रान्डिङसहितको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा बजारीकारण गर्न महानगरले सहयोग गर्ने मेयर जिसीले बताए।

    कस्टम हायरिङ सेन्टरको लागि पोखरा महानगरले ५० प्रतिशत साझेदारी अन्तर्रगत ४५ लाख आर्थिक सहयोग गरेको छ । ‘कस्टम हायरिङ सेन्टर’ सञ्चालमा आएसंगै समयमै खेती लगाउन, बाली भित्राउन, प्रशोधन गर्न, उत्पादकत्व तथा आम्दानी वृद्धि गरी रोजगारीको अवसर सिर्जना गर्न र किसानलाई पायक पर्ने ठाउँबाट आवश्यक पर्ने कृषि औजार सस्तोमा भाडामा उपलब्ध गराउन सहज हुनेछ।

    पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले कृषि उत्पादन वृद्धि गर्न कृषि सञ्जाल मार्फत आफ्नो भेगका कृषकहरुलाई सूचिकृत गरी सेन्टरबाट सेवा उपलब्ध गराउने बताए। ‘सञ्चालमा आएको केन्द्रबाट सेवा प्रयोग गरी कृषि उत्पादन, बजारीकरण र ब्राण्डीङ गर्न सघाउ पुग्नेछ’ उनले भने। यसलाई सहजरुपमा उपयोग गर्न उनले कृषकलाई आग्रह गरे।

    नेफस्कुन सञ्चालक एवं गण्डकी प्रदेश संयोजक भीम गुरुङले यस भेगका सहकारीलाई परिचालन गरी यस अभियानलाई सफल बनाउन लागि पर्ने बताए। सेन्टरबाट खेत बारी जोत्न, मल, पराल, धान ढुवानीका लागि ट्रलीसहित २ ट्याक्टर, कृषि उत्पादन ढुवानीका लागि १ सिंगल क्याब, बेलेरो पिकअप भ्यान, धान पराल, गह, तोरी छुट्टयाउन मल्टी क्रप्स थैसर मेसिन, माटो मसिनो बनाउने रोटाभेटर मेसिन उपलब्ध हुने छन्।

    त्यसैगरी आलु ड्याङ पार्ने मेसिन, कल्टी हलो, आलु लगाउने मेसिन, बिरुवा लगाउन खाडल खन्ने मेसिन लगायत सामग्री उपलब्ध हुने छन्।कृषि औजारको बुकिङ सेवा सुरु भइसकेको लेखनाथ सामुदायिक कृषि सहकारीका प्रबन्ध निर्देशक शंकरप्रसाद पौडेलले बताए ।.

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.