राष्ट्रिय जागरण अभियानले कास्कीका कार्यकर्तामा उत्साह काग्रेस केन्द्रीय सदस्य–जोशि
तपाईको प्रतिक्रिया





पोखरा । नेपाली काग्रेस केन्द्रिय सदस्य अर्जुन जोशिले ओली सरकार दुई तिहाईको बलमा संविधान र कानून भन्दा माथि उठेको आरोप लगाएका छन् ।नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक दलिय अधिनायकवाद तर्फ उन्मुख हुन सरकारले प्रेसलाई अंकुश लगाउन खोजेको आरोप लगाए ।
राष्ट्रिय जागरण अभियानका प्रतिनिधि समेत रहेका उनले सरकार भ्रष्टचारमा लिप्त रहेका कारण जनताका आकांक्षा पुरा गर्न नसक्नेमा जोड दिए । नेता जोशिले सरकार भ्रष्टचारलाई संस्थागत गर्न खोजेको बताउँदै सरकारले कांग्रेसका नेतालाई दोषी देखाएर भ्रष्टचारीलाई संरक्षण गरेको आरोप लगाए ।
उनले भ्रष्टचार मुछिए कांग्रेसकै नेताको पनि सती जान नसकिने बताए । वाईडबडी,एनसेललगायतमा भएको भ्रष्टचारको छानविन गरेर भ्रष्टचारीलाई तत्काल कारबाहि गरेर देखाउन सरकारलाई चुनौती दिए ।
नेपाली कांग्रेसले सम्पन्न गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानले कास्कीका कार्यकताहरु उत्साहित बनेका दावी गरे । वैशाख २५ गतेबाट सुरु भएको १ महिने जागरण अभियानले कार्यकतामा थप हौसला बढेका समेत उनले दावी गरे । निर्वाचनपछि जनतासंग संवाद टुटेका बेला जागरण अभियानले कार्यकतालाई जनता माझ जान सहज भएको बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसिले जागरण अभियानले ४० हजार कार्यकता माझ पार्टी संगठनलाई सदृढीकरण महत्वपूर्ण भूमिका खेलेको बताए । अभियानका क्रममा कास्कीका ७२ ईकाइमा ४ सय प्रतिनिधिहरुले पार्टीलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेको नेता केसीले जानकारी दिए ।
संकलित सुझावलाई केन्द्रमा पठाइने केसीले बताए । अभियानका क्रममा निर्वाचनका बेला भएको घात अन्र्तघातको समिक्षा गर्दै आगामी दिनमा एक भई अघि बढ्ने प्रतिवद्धजा समेत जाहेर गरिएको थियो ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको सभापतित्वमा भएको कार्यक्रमा उपाध्यक्ष प्रकास चन्द« सापकोटाले स्वागत र सचिव प्रदिप पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Related