• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेदीखोला गाउँपालिकाले शुरु गर्यो युवा उद्यम कार्यक्रम,गाउँपालिकाका युवालाई उद्यमशिल बनाइने

  •    शुभेच्छा न्यूज संवाददाता  /२८ जेष्ठ २०७६, मंगलवार ०६:१५ ,  प्रकाशीत
  • स्याङ्जा / फेदिखोला गाउँपालिका र नेपाल सरकारको सर्सत सहयोगमा गाउँपालिकामा युवा उद्यम कार्यक्रम सञ्चालनमा आएको छ ।

    गाउँपालिकामा रहेका युवा जनशक्तिलाई परिचालित गरि उनीहरुलाई उद्यमशिल बनाउने र उनीहरुकै माध्यमबाट रोजगार सिर्जना गर्ने उद्देश्य बमोजिम गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

    ‘गाउँपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस साथै उद्यमशिलताको भरपुर उपयोग होस भन्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ संचालनमा ल्याएका हौं ।’ कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले युवा उद्यम कार्यक्रमबाट ३ वटा समुहका ३० जना व्यवसायी बनिसकेको र उक्त ३० जनाको उद्यमशिलताले ३ सय, ३ हजार हुँदै हजारौं युवालाई रोजगार प्रदान हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रम अन्तर्गत वडा नं। १, २ र ४ का ३ वटा समुह जनजागृत युवा कृषि समुह, प्रगतिशिल युवा समुह, महाउद्यमी युवा समुहलाई उद्यम सञ्चालनार्थ ५ बर्षसम्म बिना ब्याज ५ लाख प्रदान गरिएको छ ।

    कार्यक्रमका लागि आवेदन परेका १२ समुह मध्य छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशिलले कुखुरा पालन र महाउद्यमीले बेकरी उद्योग चलाउनेछन् । प्रत्येक समुहमा १६ देखि ४० बर्षभित्रका १० जना सदस्यको सहभागिता रहेको छ ।

    समुहलाई पहिलो किस्ता मार्फत ५० प्रतिशत रकम र उद्यमको कार्यप्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमन पछि प्रदान गरिने गाउँपालिका कार्यालयले जनाएको छ ।

    समुहले प्राप्त रकम एक बर्षसम्म पूर्णरुपमा परिचालन गर्न पाउने र दोस्रो बर्ष दश प्रतिशत, तेस्रो बर्ष बीस प्रतिशत, चौथो बर्ष तीस प्रतिशत र पाँचौ बर्ष चालिस प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्नेछ ।

    साथै गुणस्तर एवं परिणाममा कार्यसम्पन्न नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुलउपर गर्ने, सदस्यलाई कालो सुचिमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट वञ्चित गराइने जनाइएको छ ।

    कार्यक्रममा बोल्दै महाउद्यमी युवा समुहका अध्यक्ष डिल बहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाको अभिभावकत्वलाई भरपुर उपयोग गर्दै रोजगार सिर्जना र उद्यमशिलतामा आफ्नो समुह कटिबद्ध भएर अगाडि बढ्ने बताए ।

    कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडा नं १ का अध्यक्ष खिम बहादुर क्षत्रीले, वडा नं २ का अध्यक्ष हिमालयजंग बाँनिया, रोजगार संयोजक रुपक बरालको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.