शुक्रबार पोखरा रंगशालामा अन्तर्राष्ट्रिय रेष्लर हुने
/१७ फाल्गुन २०७४, बिहीबार १३:१४ , प्रकाशीत
पोखरा १७ फागुन । पोखरामा शुक्रबार अन्तर्राष्ट्रिय रेष्लरहरुको भिडन्त हुने भएको छ। रिङ रेष्लिङ एशोसियसन अफ नेपालको आयोजनामा हुने एकदिने रेष्लर खेल प्रतियोगिता पोखरा रंगशाला भित्रको नव निर्मित बहुउदेस्यीय कभर्डहलमा हुने छ। खेल हेर्न करिब ५ हजार दर्शकको सहभागिता हुने दावी आयोजकले गरेकोछ।
रिङ रेस्लिङ खेल विश्वमा सबै भन्दा वढी रुचाइएको खेल मध्ये एक हो । नेपालमा समेत यस खेल बालबालिका, युवापुस्ता र बयस्यक सबैको बीचमा लोकप्रियछ। नेपालमा यो खेल भित्रिएको धेरै समय नभएपनि खेलका पारखीहरु धेरै रहेका छन्। टिभी च्याानल मार्फत खेल हेदै आएका नेपाली दर्शकहरुले पोखरामा आँखा अगाडीनै दुई खेलाडी बीचको भिडन्त हेरेर रमाउने गर्दछन्।
नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र खेलकुद मार्फत पोखरामा पर्यटन प्रबद्र्धनका लागि खेलको आयोजना गरिएको संघकी अध्यक्ष सुनिता थापाले बताइन्। ‘खेल पोखरामा आयोजना गर्न पाउँदा हामी मात्र होइन् सहभागिताका लागि आएका विदेशी खेलाडी पनि उत्साही भएका छन’ उनले भनीन्। ‘यहाँको खेल सुहाँउदो मौसमले पनि विदेशी खेलाडी उत्साही भएका हुन, पोखरेलीलाई आफ्नो खेल देखाउन खेलाडी आतुर छन।’
खेलमा विदेशी सहित नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तर्रा्ष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई पूर्ण मनोरञ्जन दिने छन्।
महासचिव सुवर्ण श्रेष्ठका अनुसा खेलमा रसियाकी मेफिस्तोका र नेपाली महिला रेस्लर दिलासालेको प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपालकी पहिलो अन्तर्राष्ट्रिय रेष्लररेफ्री महिला खेलाडी सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले खेल संचालन गर्ने छन् । प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ। खेलमा आवश्यक अत्याधुनिक लाइटिङको व्यवस्था र खेल खेल्ने रिङले पनि दर्शकको मन तान्ने आयोजकले दाबी रहेको छ ।
प्रतियोगिता अबलोकनका लागि ३ सय ५ सय र १ हजार दरको टिकटको ब्यवस्था गरिएको छ। खेल १८ गते साँझ ५ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।

Related