• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सार्वजनिक यातायातको भाडा बढयो,अब कहाँ पुग्न कति तिर्नु पर्छ ?

  •    शुभेच्छा न्यूज संवाददाता  /३० जेष्ठ २०७६, बिहीबार ११:१९ ,  प्रकाशीत
  • काठमाडौँ । सरकारले किसिमका सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा बढाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले भाडा बढाइएको जानकारी दिएका छन् ।

    उनले सबै किसिमका सार्वजनिक सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको बताएका छन् । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटरसम्मको १६ रुपैंयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि १४ रुपैयाँ तिर्दा हुन्थ्यो । २०६९ पछि विभागले पहिलो पटक वैज्ञानिक भाडादर भएको दावी गरेको छ । बढेको भाडादर असार १ बाट लागू हुने विभागले जनाएको छ ।

    विभागले मेकानिकल पार्टसको मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको जनाएको छ ।

    बिहीबार यायायात व्यवसायी, उपभोक्ता र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागले जनाएको छ । यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो । उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो ।

    ट्याक्सी भाडा पनि बढ्यो

    सरकारले ट्याक्सी भाडा पनि बढाएको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि नै लागू हुने गरी ट्याक्सीको भाडा बढाएको छ । ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ ।

    यो नियम लागू भएसँगै अब ट्याक्सीमा यात्रा गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिर्नुपर्ने भएको छ । अब ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ । यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाइने छ । तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने जनाइएको छ ।

    यसअघि ट्याक्सी चढना साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो । यसको अर्थ प्रतिदुई सय मिटर एक रुपैयाँ ८० पैसा बढेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.