ठेकेदार र प्राविधिकको लापरवाहीले दोविल्ला– कार्कीनेटा सडक, निर्माण नसकिँदै भत्कियो,
तपाईको प्रतिक्रिया





पर्वत–ग्रामीण पहुँच कार्यक्रमको सहयोगमा पर्वतको कुस्मा नगरपालिकादेखि फलेवास नगरपालिकाको कार्कीनेटा जोड्ने सडक भत्किन सुरु भएको छ । निर्माण अवधि ६ महिना बाँकी छँदै निर्माण पक्ष र अनुगमन गर्ने कार्यालयको प्रभावकारी अनुगमन नगर्दा ढलान गरिएको बाटो अधिकांस ठाउँमा भत्किएको हो ।
दोबिल्ला–सिल्मी–ठूलीपोखरी–कार्कीनेटा १४ किलोमिटर सडक निर्माणको क्रममै भत्किन सुरु भएपछि स्थानीयवासी समेत अचम्मित बनेका छन् ।‘कम गुणस्तरको काम हुँदा सडक बनीनसक्दै भत्किन थालेको छ’ सिल्मी–ठूलीपोखरी–‘कार्कीनेटा सडक उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र सुबेदीले भन्नुभयो–‘हामीले पटक पटक कार्यालयको ध्यानाकर्षण गराउँदा सुनुवाई भएन ।’ कम गुणस्तरको कच्चा पदार्थ र सिमेन्टको मात्रा कम हुँदा २ महिनामै फूटेर चिरा चिरा परिसकेको सुबेदीले बताउनुभयो । ‘ढलान सबै फूटिसकेको छ’ उहाँले भन्नुभयो–‘सडक माथि झुण्डिएको पहिरो समेत खस्न सुरु भईसकेको छ ।’
सडक निर्माणका लागि १४ करोड विनियोजन भई गत २०७३ सालदेखि निर्माण सुरु भएको हो ।जिल्ला पूर्वाधार कार्यालय पर्वतका अनुसार उक्त आयोजनाको निर्माण अवधि आगामी भदौसम्म रहेको बताइएको छ । कार्यालयका प्रमुख ईन्जिनियर दयाराम अधिकारीका अनुसार सडकको ७० प्रतिशत काम सकिएको बताउनुभयो ।
उहाँका अनुसार सडकको डिजाईन ईस्टिमेट अनुसार नै काम भएको बताउनुभयो ।‘१० सेन्टिमिटर बाक्लो र रड नहालेको ढलान भएकाले भत्किएको हो’ उहाँलेभन्नुभयो–‘ग्रामीण पहुँच कार्यक्रमको नीति र ईस्टिमेट अनुसार नै काम भएको छ ।’ उहाँले ईस्टिमेटमा कम गुणस्तर भएकाले निर्माण कम्पनीले थपेर गराउन नसक्ने बताउनुभयो । ‘हामीले जस्तो डिजाईन दिएका छौं त्यहि अनुसार भएको छ’ उहाँले भन्नुभयो–‘थोरै दिएर घेरै काम गराउन सक्ने अवस्था छैन ।’
यसैबीच उक्त सडकको सडकको अनुगमन गरिएको छ । नेकपा पर्वतका सचिव सुदीप कुँवर, नेकपा कुश्मा नगर कमिटी अध्यक्ष शंकर गिरी, जिल्ला आयोजना कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारी लगायतले सडकको अनुगमन गर्नुभएको हो ।
सडक स्तरोन्नतिका क्रममा केही ठाँउमा गरिएको ढलान र नाली कम गुणस्तर भएका कारण सुधार गर्नुपर्ने देखिएको सहभागिहरुले बताएका छन् । उक्त सडक आगामी वर्षसम्ममा कालोपत्रे गर्ने गरि योजना समेत अगाडी बढेको छ ।
lokantaronline
Related