अदालत परिसरबाटै नेत्र विक्रम चन्द माओवादीका नेता कार्यत्रर्ता पुन गिरफ्तार
तपाईको प्रतिक्रिया





पोखरा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको छ ।
गत शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका उनीहरुलाई विहिबार उच्च अदालत पोखराले छोड्न आदेश दिए पनि थुनामुक्त भएको केही समयपछि अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो ।
चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कास्की जिल्ला सचिव लगायत ९ जना नेता कार्यकर्ता अदालतको आदेशमा छुटेको केही घण्टामा पुनः पक्राउ गरिएको हो। उच्च अदालत पोखराले बन्दी प्रत्यक्षीकरण मुद्दामा रिहा गर्न आदेश दिएपनि प्रहरीले जंगबहादुर भण्डारी लगायत ९ जनालाई मध्यरातमा पोखराबाट पक्राउ गरेको हो ।
बिहीबार निवेदकतर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोईराला, मिना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्र बहादुर चन्दले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।
उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहिबार नै थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो । अदालतले फैसला नगर्दै अदालत परिसर भित्र दर्जनौँ सिभिल प्रहरी र अदालतको गेट बाहिर भ्यानसहित अन्य प्रहरी पनि तैनाथ राखिएको थियो । मध्येरातमा प्रहरीले ९ जनालाई पक्राउ गरी डाँडाकोनाक पु¥याएको छ ।
पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन । शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरिएको छ ।
वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सरकारले अदालतको आदेशको पालना नगरेर मानव अधिकारको धज्जी उडाउको उच्च अदालत पोखरा बार एशोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले बताए।
Related