• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

  •    शुभेच्छा न्यूज संवाददाता  /३१ जेष्ठ २०७६, शुक्रबार ०७:४० ,  प्रकाशीत
  • पोखरा । जिल्ला प्रहरी कार्यालय पर्वतले कुस्मा नगरक्षेत्रबाट ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले कुस्मा नगरपालिकाका ३ वटा वडाबाट बरामद गरेको १ हजार ६ सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको जनाएको छ।

    कुश्मा नगरपालिका वडा नं. ४, ५ र ६ मा छापा मार्दा अबैध घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिने मर्चा, कुहाइएको अवस्थाको तरल पदार्थ सहितको लेदो बरामद गरिएको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

    बजारमा छापा मारेर घरेलु मदिरा बनाउन प्रयोग गरिने ५५ ड्रम तरल पदार्थ सहित मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडाहरु पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस अघि पनि पटकपटक घरेलु मदिरा उत्पादन नगर्न अनुरोध गर्दै विभिन्न ठाउँहरुमा छापा मारेर सचेत बनाउँदा समेत उत्पादन गर्ने क्रम नरोकिएपछि कारवाही प्रक्रिया थालिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

    बिहीबार साँझ बरामद गरिएको मदिरा जनप्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । प्रहरीका अनुसार मदिरा तयार गर्नका लागि मर्चा हालेर राखिएका ड्रमहरुमा पुराना कपडा, कुहिएको चाउमिन लगायतका खाद्य बस्तु राखेको र तिनीहरुमा किरा पर्नुका साथै मुसा समेत मरेको भेटिएको छ।

    कुश्माकै छमर्के स्थित गणेश चोकमा फडानी गरिएको गाँजाका बोटहरु पनि बिहीवार नै नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अबैध गाँजाका ३ सय ७० ओटा बोटहरु केही दिन अगाडि फडानी गरेको थियो । जनप्रतिनिधि र पत्रकारकै रोहबरमा गाँजाका बोटहरु जलाएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.