काठमाडौं / ठुलो भुकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिषी अर्जुन क्षत्री छुटेका छन् । महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका हुन् ।
उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना गरी अफवाह फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।

Related