कास्की प्रहरी लागूऔषध बिरुद्ध आक्रामक बन्दै,ठूलो परिणममा फेला पर्यो लागूऔषध
तपाईको प्रतिक्रिया





पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो परिणममा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा गाउँपालिका-१० शंखमुल घर भई हाल पोखरा महानगरपालिका-१० बस्ने १८ वर्षिय डेबिड तामाङ रहेका छन् ।
,
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका (१० गण्डकि अस्पताल नजिक बिजय कुमार गुरुङको घरमा डेरा गरी बसेका तामाङलाई निजकै डेरा कोठाबाट पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका निज डेबिड तामाङको साथबाट प्रहरीले डाईजापाम,फेनरागन र नुर्फिन गरी १हजार ४ सय ६४ एम्पुल,फेन्सिडिल ३ बोरा ९३सय३८ बोत्तल० र नाईट्रोसन चक्की १सय थान गरी जम्मा १हजार९सय२ थान लागूऔषध सहित बरामद गरेको छ ।पक्राउ परेका निज डेबिड तामाङ माथि थप अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा हालै मात्र सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले छोटो समयमै ठुलो मात्रामा लागूऔषध कारोबारीहरुलाई पक्राउ गर्न सफल भएका छन् ।
यही जेठ २९ गते पोखरा महानगरपालिका(१० बुद्धचोक बस्ने ३८ वर्षिया देवी कुमारी गुप्तालाई ९ सय थान लागूऔषध सहित पक्राउ गर्न सफल भएका छन् भने सोही मितिमा नै कार्की कै कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा स्थित उत्तमचोकबाट १५ सय थान लागूऔषध सहित गोविन्द थापालाई पक्राउ गर्न सफल भएका हुन ।
Related