पोखरा। पोखराको ब्यस्त बजार चिप्लेढुंगामा बीच सडक नै भासिएको छ । चिप्लेढुंगामा खानेपानीको पाईप लिक भएर जमिन भासिएको हो । सुरुमा सानो भ्वाङ देखिएपछि एस्काभेटरले खन्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो ।
करिब २० मिटर जति भ्वाङ परेको छ । सडकमा भ्वाङ परेपछि यातायात डाईभर्ट गरिएको छ । पोखराका ठाउँ–ठाउँमा जमिन भासिने क्रम विगतदेखि नै भएको थियो । अर्मलामा जमिन भासिएपछि बस्ती नै विस्थापित भएको थियो ।
पोखराको भूगोललाई निकै कमजोर मानिन्छ । खासगरि नदीपुरदेखि चिप्लेढुंगा र न्यूरोड तथा नयाँबजार क्षेत्र कमजोर माटोले बनेको भूगोलविद्हरुको भनाई छ ।
महानगरका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्ले पनि धेरै पानी जमिनमुनि पसेपछि कमेरे माटो बगाउने र सतह तल झर्ने क्रम पोखरामा नौलो नभएको सुनाउँछन् ।

Related