• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (वक्तव्यको पूर्ण पाठ)

  •    नरहरि पौड्याल  /१ असार २०७६, आईतवार १४:४३ ,  प्रकाशीत
  • पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७६। ०७७ का लागि बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाखको बजेट आइतबार प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

    आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार, पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन गरिएको जानकारी दिए। ६२ प्रतिशत पुँजीगत, ३८ प्रतिशत चालु खर्च हुने गरी बजेटको बाँडफाँट गरिएको छ।

    गण्डकी प्रदेशले निर्वाचन क्षेत्र विकाषका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।सरकारले आगामी आर्थिक बर्षको बजेटमा प्रदेशका ३६ निर्वाचन क्षेत्रका सांसदलाई २ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड विनियोजन गरेको हो। बजेट वक्तव्यमा समानुपातिक सांसदका लागि उल्लेख गरिएको छैन।

    आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्योहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ७ अर्ब ११ करोड २२ लाख, सर्शत अनुदान ५ अर्ब ३५ करोड १६ लाख, समपूरक अनुदान ७५ करोड, बिशेष अनुदान ७५ करोड रुपैयाँ रहेको छ।

    त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ७० करोड ५१ लख, रोयल्टि बपत प्राप्त हुने ४० करोड र आन्तरिक राजस्वबाट ३ अर्ब २७ करोड ७५ लाख तथा चालू आर्थिक बर्षबाट खर्च नभई बाँकी रहन जाने अनुमानित ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

    आन्तरिक ऋणबाट अपुग हुने १ अर्ब नेपाल सरकारबाट ऋण लिइने अर्थमन्त्री गुरुङले जानकारी दिए। सरकारले समृद्ध प्रदेश निर्माणका आधारहरुमा पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, सिर्जनशिल मानव पुँजी निर्माण तथा विकास र सुशासन भएको उल्लेख गरेको छ ।

    सरकारले प्रदेशका गौरवका आयोजनाका रुपमा प्राथमिकीकरण गरेको पोखरा चक्रपथ र पोखरा भिमाद, दुम्कीवास द्रुतमार्ग निर्माण, शालिग्राम सांस्कृतिक करिडोरलाई दुई खण्डमा निर्माण गर्ने गरी ११ करोड रुपैयाँ विनियोजन गरेको छ।

    गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा २५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । गत आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारले महत्वकांक्षी योजनासहित २४ अर्बमाथिको बजेट ल्याएको थियो । त्यसमा अहिलेसम्म ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ। गत आर्थिक बर्षकै बजेट खर्च गर्न नसकेको सरकारले नयाँ आर्थिक बर्षमा करिव ९ अर्ब बढीको बजेट ल्याएको हो।

    कुल चालु बजेटको ३१ प्रतिशत र पुँजीगततर्फ २३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ ।२ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ चालु र ३ अर्ब ६६ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सफल भएको छ। २४ अर्ब बजेटमा पनि अहिलेसम्म सन्तोषजनक खर्च गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षमा ३२ अर्बभन्दा माथिको बजेट ल्याएको छ।

    बजेटवक्तव्यको पूर्ण पाठ)

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.