• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतका असिना पीडितलाई जिल्ला प्रशासनद्धारा घरमै पुगेर राहत वितरण

  •      /१ असार २०७६, आईतवार १६:०२ ,  प्रकाशीत
  • पर्वत/ वर्षासँगै आएको असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पिडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ । यहि जेठ ९ गते बिहीवार आएको भिषण असिनापानीका कारण बालीनाली सँगै घरवास समेत गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतले आइतवार र सोमवार गाउँमै पुगेर राहत वितरण गरेको हो ।

    मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउरालीका ५२ जना पिडित परिवारलाई क्षतिको विवरण अनुसार १ लाख ९८ हजार रुपैया वितरण गरिएको हो ।असिनाले घरको छाना पुर्ण रुपमा भत्किएका परिवारलाई ६ हजार, आंशिक क्षति भएकालाई ४ हजार र सामान्य क्षति भएकाहरुलाई २ हजार रुपैयाका दरले वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका खरिदार प्रभात लामिछानेले जानकारी दिए ।

    उनका अनुसार १५ जनाको घरको छाना पुर्ण रुपमा क्षति भएको छ भने १७ जनाको आंशिक क्षति पुगेको तथा २० जनाको धुरीमा क्षति पुगेको पाईएको थियो ।जिल्ला प्रशासन कार्यालय पर्वतका लेखापाल यामनाथ पौडेल र खरिदार लामिछानेको टोलीले पिडित परिवारको घरघरमै पुगेर राहत वितरण गरेका हुन् ।

    असिनाका कारण उक्त क्षेत्रमा लगाईएको वालीनाली समेत पुर्ण रुपमा क्षति भएको भएपनि प्रशासनले घर क्षति भएका पिडितहरुलाई मात्र राहत वितरण गरेको उनले बताए । वालीनालीको क्षति भने सम्वन्धित स्थानीय तह र कृषि ज्ञान केन्द्र पर्वतले उपलव्ध गराउने जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ ।

    पर्वतमा झण्डै एक सय वर्ष पछि ठुलो असिना परेको हो । असिनाले जिल्लाका सातवटै स्थानीय तहका कृषकहरु मारमा परेका छन् । व्यावसायिक रुपमा तरकारी खेती लगाएका कृषक, फलफलु, अन्नवाली र बिऊबिजनमा समेत क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।

    तरकारी पकेट अन्तर्गत झण्डै रु ५० लाख रुपैयाका टनेलहरु नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.